शंकर पोखरेल भन्छन्- चितवनमा रविलाई हराउन सजिलो छ - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

शंकर पोखरेल भन्छन्- चितवनमा रविलाई हराउन सजिलो छ



नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवन–२ को परिणाम उल्ट्याउन सकिने बताएका छन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै महासचिव पोखरेलले चितवन–२ को निर्वाचन परिणाम उल्ट्याउन सकिने दाबी गरेका हुन्।

गत मंसिर ४ गते भएको निर्वाचनमा प्रदेशमा नेकपा एमालेलाई मतदान गरेका मतदाताले सूर्यका पक्षमा मतदान गर्ने र नेपाली कांग्रेसले आफ्नो संगठित भोटको रक्षा गर्ने हो भने चितवन–२ को परिणाम उल्ट्याउन सकिने उनको विश्लेषण छ।

‘गत चुनावमा प्रदेशमा नेकपा (एमाले)लाई मतदान गरेका मतदाताहरुले सूर्यका पक्षमा मतदान गर्ने र नेकाले आफ्नो संगठित भोटको रक्षा गर्ने हो भने चितवन २ को परिणाम यस पटक अवश्य उल्टने छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

अगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ को प्रतिस्पर्धालाई रोचक मानिएको छ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जित नारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।