चुनाव जितेका सांसद्हरूको अगाडि उभिएर हारेका पोखरेलले ठोके भाषण - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

चुनाव जितेका सांसद्हरूको अगाडि उभिएर हारेका पोखरेलले ठोके भाषण



काठमाडौँ- चुनाव हारेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले जितेर आएका सांसद्हरूको अगाडि उभिएर भाषण ठोकेका छन् ।

मंगलबार नेकपा एमालेले बोलाएको नवनिर्वाचित सांसदहरूसँगको भेटघाट कार्यक्रममा उनले भाषण ठोकेका हुन् ।

उनले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यविहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले तत्कालीन नेकपा भएको बेलामा कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्न जनतामा जाने फैसलालाई सफल बनाउन नदिइएको बताए ।

तत्कालीन अवस्थामा नै जनतामा जाने फैसलालाई कार्यान्वयन गरेको भए आजसम्म मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने उनकाे भनाइ छ ।

उनले अहिले मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्ने खालका गतिविधिहरू भइरहेको उल्लेख गरे ।

महासचिव पोखरेलले चुनावपछि मुलुकको राजनीतिमा सुरु भएका अस्थिरताका खेलहरूले नेकपा एमालेले अघि सारेका मान्यताहरू सही साबित गरिदिएको बताए ।

उनले राष्ट्रिय राजनीतिमा नेकपा एमाले बलियो शक्तिका रूपमा स्थापित भइरहेको पनि दाबी गरे ।

महासचिव पोखरेलले सबै दलहरू मिलेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई घेराबन्दी गरे पनि जनताले लोकप्रिय मतका साथ आफ्नो नेतामा ओलीलाई नै चुनेको बताए ।