एमालेभित्र शंकर पोखरेल बहिस्कार अभियान - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

एमालेभित्र शंकर पोखरेल बहिस्कार अभियान



काठमाडौं- निर्वाचन हारेपछि पार्टीभित्रै नेकपा एमालेका महासचिव शंकर पोखरेलको आलोचना हुन थालेको छ । पोखरेलले आफ्नै बहिनीलाई समानुपातिकको पहिलो नम्बरमा राखेको भन्दै सुरू भएको विवाद उत्कर्षमा पुगेको छ ।

यस्तैमा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले समेत पार्टी महासचिव शंकर पोखरेलमाथि कडा टिप्पणी गरेका छन् । उनले यस्ता नेतालाई बहिस्कार गर्नुपर्ने बताएका छन् ।

शंकर पोखरेलले आफ्नी बहिनी मेनुका लाई समानुपातिकमा महिलातर्फ एक नम्बर उम्मेदवार बनाएर नातावाद देखाएको भन्दै उनले आक्रोश पोखेका हुन् ।

अध्यक्ष बस्नेतले समानुपातिकमा आफन्त घुसाउने नेतालाई बहिष्कार गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाट्स लेखेका छन्, ‘जनसंगठनको साझा अभियान–समानुपातिकमा आफन्त राख्ने नेतालाई बहिष्कारसहित फेरि कुनै पदमा आउन नदिने गरी पहिचान !’

महासचिव पोखरेलले उनले समानुपातिक बन्दसूचीको खस आर्य महिला कोटामा आफ्नै बहिनी मेनुकालाई पहिलो नम्बरमा राखेको भन्दै आपत्ति जनाइएको छ । अघिल्लो निर्वाचनमा पत्नी सुजिता शाक्य समानुपातिक सांसद थिइन् ।