भारत फासीवादमा जानसक्ने सात सङ्केत – महुआ मोइत्रा - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

भारत फासीवादमा जानसक्ने सात सङ्केत – महुआ मोइत्रा



हिमालपोस्ट/काठमाडौँ

पहिलो पटक संसदमा चुनिएर आएकी तृणमूल काङ्ग्रेसकी सांसद महुआ मोइत्राले अहिलेको परिस्थिति फासीवादको सुरुवाती सङ्केत भनेकी छन्।

भारतीय संसदमा  पहिलो पटक बोल्दै उनले सात कारणहरूको उल्लेख गरिन् र अमेरिकाको ‘होलोकस्ट मेमोरियल म्युजियम’ को प्रमुख लबीमा २०१७ मा प्रदर्शित एउटा पोस्टरको सन्दर्भ दिइन्।

त्यस पोस्टरमा १९४० को दसकमा नाजीहरूले जर्मनीमा यहुदीहरूको सामुहिक हत्या सम्झाउने गरी फासीवादका सातवटा सुरुवाती सङ्केतहरू सूची प्रकाशित गरिएको छन्। मोइत्राले भनिन् – यो लिस्ट मैले बनाएको होइन। पुरानो हो र यो सबैका सामु छ। फासीवाद बहुमतवाद(मेजोरिटेरियनिज्म)सँग जोडिएको छ। यसमा बहुमतले जे सोच्यो त्यही सही र  बाँकी सबै कुरा गलत मानिन्छ। अहिले भारतमा यही भैरहेको छ।

सो पोस्टर अहिले होलोकस्ट मेमोरिय म्युजियममा छ कि छैन थाहा छैन तर त्यसको फोटो २०१७ मा ट्वीटरमा आएपछि त्यो खूबै चर्चामा आएको थियो। सो ट्विट यस्तो थियो:

https://twitter.com/1SarahRose/status/826116204301516800

महुआ मोइत्राले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा बोल्दै ती सात सङ्केतहरूको कुरा गरिन्। यो उनले संसदमा गरेको पहिलो सम्बोधन हो।

आफ्नो भाषणमा उनले उल्लेख गरेका सात कारणहरू निम्न छन् –

  • भारतमा मानिसहरूलाई विभाजित गर्नका लागि उन्मादी किसिमको राष्ट्रवाद फैलाउँदै गरिएको छ। दसकौँ देखि देशमा बसिरहेका मानिसहरूसँग नागरिक हुने प्रमाण मागिँदै छ। उनले प्रधानमन्त्री र अन्य केही मन्त्रीहरूतर्फ सङ्केत गर्दै भनिन्, “मन्त्रीहरूले आफूले कुन कलेज वा विश्वविद्यालयबाट ग्र्याजुएसन गरेको देखाउन नसकेको अवस्थामा गरिबहरूले कहाँबाट नागरिकता ल्याउँछन्। पचास वर्षदेखि भारतमा बसेको मानिसले कहाँबाट त्यो कागजको चिर्कटो ल्याओस्?”
  • सरकारको हरेक तहमा मानअधिकारप्रति घृणा फैलिँदै गएको छ। दिउसैमासा भिडले गरेको हिंसालाई बेवास्ता गरिने गरिएको छ।
  • मिडियामा लगाम लगाइँदैछ। देशभरिका सबैभन्धा ठूला पाँच मिडिया कम्पनीहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष एउटै व्यक्तिको नियन्त्रण छ। गलत समाचारले मानिसहरूलाई दिग्भ्रमित गरिएको छ। एउटै झुट बारम्बार बोलेर सत्य बनाइँदैछ।
  • राष्ट्रिय सुरक्षाका नाममा शत्रु खोजिँदैछ। अघिल्ला पाँच वर्षमा कश्मीरमा सेनाको मृत्यु १०६%ले बढेको छ।
  • सरकार र धर्म एकआपसमा मिलेका छन्। ‘नेसनल रजिस्टर अफ सिटिजन्स’ तथा ‘सिटिजनसिप अमेन्डमेन्ट बिल’ मार्फत एउटै समुदायले मात्र यस देशमा बस्न पाउने अधिकार सुनिश्चित गरिँदैछ।
  • बुद्धिजीवीहरू र कलाकारहरूको उपेक्षा गरिँदैछ तथा असहमतिका आवाजहरूलाई दबाइँदैछ।
  • निर्वाचन प्रक्रियाको स्वायत्तता कम हुँदैछ।

मोइत्राको सम्बोधनको भिडियो:

https://youtu.be/dnh-mpg_oF4