‘सेन्टी भाइरस’ले रिलिज नहुँदै कमायो करोड बढी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

‘सेन्टी भाइरस’ले रिलिज नहुँदै कमायो करोड बढी



काठमाडौं- बहुप्रतिक्षित धुर्मुस–सुन्तली अभिनित फिल्म ‘सेन्टी भाइरस’ले रिलिज नहुँदै एक करोड १५ लाख कमाएको छ।

यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार एक करोड १५ लाख रूपैयाँमा बिक्री भएको छ। यसबाट भएको नाफाको ५० प्रतिशत चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खर्च गरिने घोषणा गरिएको छ।

यो फिल्मलाई अमेरिकाको नेप्सिने कम्पनीले महँगोमा किनेको हो। यससम्बन्धी निर्माण कम्पनी र नेप्सिने कम्पनीबीच खरिद सम्झौता गरेको छ।

रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्म फागुन ९ गते रिलिज हुँदै छ। यसमा सीताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ।