बुटवल माविका विद्यार्थीलाई सेनेटरी प्याड सहयोग - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बुटवल माविका विद्यार्थीलाई सेनेटरी प्याड सहयोग



बुटवल। पारीबुटवलमा रहेको बुटवल माध्यमिक विद्यालयमा छात्रा तथा तिनका अभिभावकका लागि एक दिने ब्यक्तिगत सरसफाई विषयक अभिमुखिकरण कार्यक्रम शुक्रबार भएको छ ।

बढ्दो उमेरका किशोरी छात्रामा देखिने महिनाबारी र त्यो समयमा उनीहरुको ब्यक्तिगत सरसफाई र अभिभावकको भुमिकाका विषयमा कसौधन महिला समितिले बुटवल माविमा अभिमुखिकरण तालिम कार्यक्रम गरेको हो ।

कसौधन महिला समितिका अध्यक्ष पुष्पा कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विमलबहादुर शाक्य, नेपाल परिवार नियोजन संघ बुटवलका अध्यक्ष दिनेशकुमार जोशी, कसौधन सेवा समाजका अध्यक्ष अजय कास्यप, बुटवल माविका प्राचार्य अकरा मुल्लाह खाँ, कसौधन युवा समितिका अध्यक्ष विश्वजित कसौधन, सपना कसौधन लगायतले महिनाबारीका समयमा स्कुले किशोरी छात्रामा धेरै समस्या हुने भएकाले अभिभावक, शिक्षक तथा विद्यार्थी सबैले महिनाबारीको समयमा ब्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा लुम्विनी अञ्चल अस्पतालकी सिनियर स्टाफनर्स प्रतिमा श्रेष्ठले सहजिकरण गर्नु भएको कार्यक्रमको संचालन प्रियंका कसौधनले गर्नुभएको थियो ।

सोही अवसरमा कसौधन महिला समाजले स्कुले किशोरी छात्राका लागि एक सयबढी सेनेटरी प्याड सेट, विद्यालयका लागि ६ वटा वाटर कुल जार, हातधुने सावुन तथा सर्फ समेत सहयोग गरेको अध्यक्ष कसौधनले बताउनुभयो ।