भारत र न्युजिल्यान्डको खेल सुरु, टस जितेर न्युजिल्यान्ड ब्याटिङ गर्दै - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

भारत र न्युजिल्यान्डको खेल सुरु, टस जितेर न्युजिल्यान्ड ब्याटिङ गर्दै



हिमालपोस्ट/काठमाडौँ

आज विश्वकप क्रिकेटअन्तर्गत भारत र न्यूजिल्याण्डबीच सेमिफाइनल खेल हुँदैछ । नेपाली समयअनुसार सवा ३ बजे वर्ल्ड ट्राफोर्ड क्रिकेट ग्राउन्डमा खेल हुन लागेको हो । खेलको लागि दुवै टिमका खेलाडीहरू मैदानमा आइसकेका छन् । तर, आजको खेललाई वर्षाले प्रभावित बनाउनसक्ने अनुमान गरिएको छ ।

केहीबेर अघिसम्म मैदानमाथि बादलहरू मडारिइरहेका थिए । तर, हालसम्म पनि पानी भने परेको छैन । मैदानमाथिको आकाशमा कालो बादलहरू रहेको कारणले पानी पर्ने सम्भावना पनि उत्तिकै छ । हाल न्यूजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ ।

यदि आजको खेल रद्द भएको खण्डमा यो खेल भोलि सुचारु हुनेछ । तर, भोलि पनि पानी परेको खण्डमा भारतले फाइनलमा स्थान बनाउनेछ । समूह चरणको खेलमा भारले राम्रो प्रदर्शन गरेर शीर्ष स्थान बनाएको कारण भारत अघि बढ्ने भएको हो ।