सुसाइड नोट लेखेर भारतीय अभिनेत्रीले गरिन आत्महत्या - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

सुसाइड नोट लेखेर भारतीय अभिनेत्रीले गरिन आत्महत्या



पछिल्लो समय भारतमा कलाकारले आत्महत्या गर्ने क्रम बढेको छ ।

भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छन्।

उनको घरबाट सुसाइड नोट पनि भेटिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

सेजलले पछिल्लोपटक स्टार प्लसको दिल तो ह्याप्पी है जीमा काम गरेकी थिइन्।

प्रहरी इन्सपेक्टर संदीप कदमका अनुसार सेजलले सुसाइड नोटमा निजी कारण देखाउँदै आत्महत्या गरेको उल्लेख गरेको छ। उनी डिप्रेसनमा रहेको बताइएको छ।

यसअअघि टेलिभिजन कलाकार कुशल पंजाबीले पनि आत्महत्या गरेका थिए।