सिजिन पिङले भने - "ट्रम्प मेरा घनिष्ठ मित्र" - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सिजिन पिङले भने – “ट्रम्प मेरा घनिष्ठ मित्र”



मस्को –

चिनियाँ राष्ट्रपति सिजिन पिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो घनिष्ट मित्र भएको बताएका छन् । सेन्ट पिटर्सबर्ग इटरनेसनल इकोनोमिक फोरम (एसपीआईइएफ) मा अमेरिका चीनसँग छुट्टिएर बस्न पनि अनिच्छुक भएको उनले बताएका हुन् ।

अमेरिकासँग रुसको सम्बन्ध तल्लो स्तरमा रहेको बेला सिले रुसी राष्ट्रपतिसँग न्याना शब्दपहरूको साटासाट गरेका थिए ।

तर प्लेनरी सत्रमा सूले अमेरिका र चीनबीचको सम्बन्ध बलियो रहने बताएका छन् ।

“अमेरिकाले चीनबाट र चीनले अमेरिकासँग पूर्ण रूपमा छुट्टिएर बस्ने बारे कल्पना गर्न गाह्रो छ । हामी यसमा रुचि राख्दैनौँ र हाम्रा अमेरिकी साझेदार पनि यसमा इच्छुक छैनन् । राष्ट्रपति ट्रम्प मेरा साथी हुन् र उनी यसप्रति इच्छुक छैनन् भन्ने विषयमा म विश्वस्त छु ।” सिले चिनियाँ भाषामा भने । यसलाई रुसी भाषामा व्याख्या गरिएको थियो र रोयटर्सले अङ्ग्रेजीमा अनुवाद गरेको थियो ।

अमेरिकासँगको व्यापार युद्धको बारेमा सोधिएकोमा उनले अनुवादमार्फत भने,“चीन सधैँ विश्वव्यापीकरणको प्रवर्द्धनको पक्षमा रहन्छ ।”

“यो ठूलो छालको सानो अंश हो । जसले सानो परिवर्तन मात्रै ल्याउँछ । तर यसले समग्रमा विश्वव्यापीकरणलाई रोक्न सक्दैन,” उनले भने ।

विश्वव्यापी व्यवस्था र सङ्गठनहरूले तय गरेको सर्तमा सुधारको आवश्यकता भएको तर समग्र व्यवस्थामै फेरबदल गर्न आवश्यक नभएको उनले बताए ।

बुधबार सिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो सबैभन्दा मिल्ने साथी भएको बताइसकेका थिए ।

“विगतका ६ वर्षको अवधिमा उनले पुटिनसँग झन्डै ३० पटक भेटिसकेका छन् । रुस मैले धेरै भ्रमण गरेको मुलुक हो र राष्ट्रपति पुटिन मेरा सबैभन्दा मिल्ने साथी हुन् र सहपाठी पनि हुन्,” सीले बुधबारको पत्रकार सम्मेलनको अवसरमा बताएका थिए ।

(एजेन्सी)