एसईईको नतीजा असारको दोस्रो साता - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

एसईईको नतीजा असारको दोस्रो साता



काठमाडौं । एसईईको नतिजा असारको दोस्रो सातासम्म सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ ।

सह–परीक्षक नियन्त्रण डिल्ली लुइंटेलका अनुासर ५८ वटा केन्द्र मध्ये ५० केन्द्रबाट उत्तरपुस्तिका केन्द्रमा आईसकेको छ । भने बाँकी केन्द्रबाट १र२ दिन मै उत्तरपुस्तिका आइसक्छ ।

सबै उत्तरपुस्तिकाहरुको इन्ट्री गर्न, परीक्षण र भेरिफाइ गर्न कम्तिमा २० दिन लाग्ने लुइंटेलले बताए ।

उनका अनुसार असार ८ गतेदेखि १५ गतेसम्ममा नतीजा प्रकाशित हुने गरी तयारी भइरहेको छ ।

गत चैत ८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको एसईईको परीक्षामा ६ लाख विद्यार्थीहरु सहभागी थिए ।