स्कुल बसको ठक्करले तीन वर्षीय बालिकाको मृत्यु - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

स्कुल बसको ठक्करले तीन वर्षीय बालिकाको मृत्यु



काठमाडौँ –

स्कुल बसले ठक्कर दिँदा एक बालिकाले ज्यान गुमाउनु परेको छ। बुढानिलकण्ठको पासिकोटमा मङ्गलबार बिहान १० बजे नवज्ञानभूमि स्कुलको बसले ठक्कर दिँदा तीन वर्षीया सुदिप्ती परियारलाई गम्भीर घाइते भएकी थिइन्।

उनलाई उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको निधन भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

ठक्कर दिने स्कुल बसका चालक फरार छन्। बोगटीले उनको खोजीका साथै र घटनाको अनुसन्धान भइरहेको बताए। अहिले स्थानीयबासीले स्कुलअगाडि प्रदर्शन गरिरहेका छन् र बस प्रहरीको नियन्त्रणमा छ।

घटनाका विषयमा विस्तृत विवरण आउन बाँकी छ।