स्कुल वन हरीयाली कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

स्कुल वन हरीयाली कार्यक्रम सम्पन्न



धन बहादुर बिक
पुनर्वास,कञ्चनपुर । बृहत बृक्षारोपण गरौ वन दशक कार्यक्रम सफल पारौ भन्ने मुल नारा सहित कञ्चनपुर को पुनर्वासका सामुदायिक बिद्यालय हरूमा स्कुल वन हरियाली कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक बिद्यालय का साथै पुनर्वास नगरपालिका लाई स्वच्छ र हराभरा बनाउने उदेश्य ले जिल्ला वन कार्यालय को अायोजना र ईलाका वन कार्यालय त्रिभुवनबस्ती ले संयोजन गरि स्कुल वन हरियाली कार्यक्रम सञ्चालन गरेको हो ।

वनले छनौट गरेको चार अोटा सामुदायिक बिद्यालय मध्ये बिहिवार देखि पुनपा ३ स्थित श्री जनकल्याण माबि र पुनपा ४ स्थित श्री दुर्गा माविमा कक्षा ९ र १० का बिध्यार्थि समावेश गरि ईको क्लब गठन गरिएको छ।

बृक्षारोपण गर्न र त्यसलाई रेखदेख गरि हुर्काउन बिध्यार्थिहरूको भुमिका महत्त्वपूर्ण रहने भएको ले ईको क्लब गठन गरिएको कार्यक्रम संयोजक तथा ईलाका वन कार्यालय त्रिभुवनबस्ती का वन अधिकृत रेशमलाल शर्माले बताए । बिद्यालय र सिङ्गो पुनर्वास नगरपालिका लाई लक्षित गरि वनले करिब तीन लाख बिभिन्न जातका बिरुवा उत्पादन गरेको पनि शर्माले बताए ।

बर्षायाम नजिकिँदै गरेको ले बृक्षारोपण का लागि उपयुक्त समय हुनेहुदा बिद्यालय को सहयोगमा उक्त कार्यक्रम गर्न लागिएको जनाउदै उत्पादन गरिएका सबै बिरूवाहरू वनले निशुल्क वितरण गरिने वन अधिकृत शर्माले बताए ।
यद्यपि निशुल्क वितरण गरिएका बिरुवा रेखदेख भए नभएको पछि अनुगमन गरिने शर्माले बताए ।

वनले अायोजना गर्न लागेको बृहत बृक्षारोपण कार्यक्रम मा सहभागी शिक्षक अभिभावक सामुदायिक बनका पदाधिकारी , जनप्रतिनिधि सबैले सकारात्मक जनाएका छन । स्कुल बन हरियाली कार्यक्रम का लागि छनौटमा परेका चारअोटा बिद्यालय श्री जनकल्याण मावि , दुर्गा मावि , राष्ट्रिय मावि र रामबुध्द मावि मध्ये पुनपा ३ स्थित जनकल्याण माविमा बिमलराज जोसीको अध्यक्षतामा १३ सदस्यीय र पुनपा ४ स्थित श्री दुर्गा माविमा अनिल धामिको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ । छनौट मा परेका अन्य दुई बिद्यालय मा पनि छिट्टै कार्यक्रम गरिने शर्माले बताए ।