भारतीय क्रिकेटको अध्यक्षमा सौरभ गांगुली - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

भारतीय क्रिकेटको अध्यक्षमा सौरभ गांगुली



एजेन्सी। भारतीय क्रिकेट बोर्ड (बिसीसीआई)को अध्यक्षमा पुर्व कप्तान सौरभ गांगुली आउने लगभग पक्का भएको छ। गांगुली भारतका सफल कप्तानका रुपमा चिनिन्छन्। बिसीसीआईको अध्यक्षमा गांगुली आउने पक्का भए पछि भारतीय क्रिकेटमा त्यस्को सकरात्मक असर पर्ने बताईएको छ।

भारतीय क्रिकेटको सफल कप्तान रहिसकेका गांगुलीसँग बंगाल क्रिकेट संघको अध्यक्ष भएर प्रशासनिक काममा पनि अनुभव रहेकोले उनी उपयुक्त अध्यक्ष हुन भन्ने तर्क आएको छ। गांगुलीको नाममा सहमती भएको भारतीय संचार माध्यमहरुले बताएका छन्।

उक्त पदका लागि कर्नाटकका ब्रिजेश पटेल आउने लगभग तय रहेकोमा गांगुलीलाई अध्यक्ष बनाएर पटेललाई ‘आईपीएल गभर्निङ काउन्सिल’को अध्यक्ष बनाईने भएको छ। गृहमन्त्री एवंमा भारतीय जनता पार्टीका शक्तिशाली नेत अमित शाहाका पुत्र जय शाह सचिव हुने पक्का भएको छ।

ब्रिजेश पटेलले अमित शाहालाई भेटेकै दिन सौरभ गांगुलीले पनि अमित शाहालाई भेटेर निर्णय आफ्नो पक्षमा पारेका थिए। अमित शाहा भारतीय राजनीतिमा मात्र होईन क्रिकेट राजनीतिमा पनि शक्तिशाली रहेको प्रष्ट भएको छ।

भारतीय क्रिकेट टोलीले गांगुलीको नेतृत्वमा जसरि फड्को मरेको थियो त्यसरी नै भारतीय क्रिकेटले पनि फड्को मार्ने विश्वास लिईएको बताइएको छ। गांगुली कप्तानका रुपमा लडाकु रहेका थिए अब अध्यक्षका रुपमा कस्तो रुप देखाउँछन त्यो समयले बताउने छ।