बेहुलीले नमानेपछि सासूसँग बिहे - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

बेहुलीले नमानेपछि सासूसँग बिहे



काठमाडौँ – हाम्रो छिमेकी मुलुक भारतमा हरेक दिन नयाँ र फरक घटनाहरू भइरहेका हुन्छन् । यसैबीच उत्तर प्रदेशस्थित कानपुर जिल्लामा अधबैँसे दुलाहा (बेहुला)लाई देखेपछि दुलही(बेहुली)ले विवाह गर्न अस्वीकार गरेको खबर आएको छ । भारतीय मिडियाअनुसार दुलहीले दुलहातर्फ माला फ्याँक्दै चिच्याउँदै भनिन्, ‘ममाथि धोका भएको छ ।’

समाचारअनुसार दुलहीको यस्तो व्यवहार देखेपछि त्यहाँ उपस्थित पाहुना, जन्ति अचम्मित भए । त्यतिबेला आमाले छोरीलाई ठूलो दबाब दिइन् तर उनले मानिनन् । रिपोर्टअनुसार निकै सम्झाउँदा नमानेपछि दुलहीकी आमा नै दुलहासँग आगरा गइन् ।

१७ वर्षीया दुलहीले यसै वर्ष १२ कक्षाको परीक्षा दिएकी छिन् । ती युवतीकी आमाले आगरामा बस्ने आफ्नी काकीकी नन्दका छोरासँग उनको सम्बन्ध तय गरेकी थिइन् । मार्च १० तारिखको बेलुकी आगराबाट दुलहा जन्ति लिएर दुलहीको घर पुगे । जब दुहली वरमाला लिएर स्टेजमा पुगिन् तब दुलहालाई देखेर भड्किइन् ।

ती युवती आफूमाथि धोका भएको भन्दै चिच्याउन थालिन् । परिवारले के कारणले विवाह गर्न नखोजेको भनेर सोध्दा उनले ‘जस्तोसुकै स्थिति भएपनि म यो बूढो केटासँग विवाह गर्दिनँ’ भन्दै रुन थालिन् । दुलहीले विवाह अघि जुन केटाको तस्बिर देखाइएको थियो त्यो उनी नभएको बताइन् ।

छोरीले दुलाहा अस्वीकार गरेपछि भोलिपल्ट बिहान, जे भयो त्यो थप चकित पारिदिने किसिमको भयो। जब छोरीलाई विवाहका लागि मनाउन सकिनन् तब आमा नै सबैलाई छोडेर आफैँ दुलहासँग आगरा गइन्।

बेहुलीका अनुसार तीन वर्षअघि उनको पिताको मृत्यु भएको थियो । उनकी एक बहिनी र एक भाइ छन् । अहिले छोरी बिहे गर्न दुलाहा बनेर गएको केटासँग आमाले नै बिहे गरेर घरजम गरिरहेकी छिन् ।

(एजेन्सी)