सर्वाधिक धनराशिको दशगजा कपको आयोजना पुनर्वासमा हुदैँ - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

सर्वाधिक धनराशिको दशगजा कपको आयोजना पुनर्वासमा हुदैँ



      “दशगजा कप राष्ट्रप्रेमको प्रतीक” –पत्रकार लामा

हिमाल पोस्ट / पुनर्वास ,कञ्चनपुर ।।
एक कार्यक्रमका बीच प्रत्रकार महासंघ कञ्चनपुरका प्रतिनिधि रञ्जित लामाले “दशगजा कप राष्ट्रप्रेमको प्रतीक” भएको बताएका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा सर्वाधिक धनराशिको “दशगजा कप” को पत्रकार सम्मेलनमा प्रमुख अतिथि रहेका लामाले यस्तो बताएका हुन् ।

भारतीय विस्तारवादको पराकाष्टा नाँघिएको कारण सीमा क्षेत्रमा बसोबास गर्ने लाखौं सीमावासीहरुले सास्ती ब्यहोर्नु परिरहेको अवस्थामा राष्ट्रप्रेमका नाममा “दशगजा कप–२०७४” को आयोजना गर्न लागेकोमा आयोजकलाई प्रमुख अतिथि लामाले धन्यवाद ज्ञापन समेत व्यक्त गरेका थिए ।

आयोजक सुदूरपश्चिम फुटवल एकेडेमीले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता फागुन १४ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने बताएको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद सहित ट्रफी पाउने छ भने उपविजेताले १ लाख रुपैयाका साथै ट्रफी प्राप्त गर्ने आयोजक सुदूरपश्चिम फुटवल एकेडेमीका अध्यक्ष सुरेश अधिकारीले जानकारी दिए ।

त्यस्तै, उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोल रक्षक, फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक र उदयमान खेलाडीलाई ५/५ हजार पुरुस्कार प्रदान गरिने क्लवका अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रत्येक खेलको म्यान अफ द म्याचका लागि १ हजार ५ सय रुपैयाको व्यवस्था गरिएको छ । फागुन १० गतेसम्म टिम दर्ता गर्ने अन्तिम मिति रहेकोमा हालसम्ममा ८ वटा टिम दर्ता भईसकेको जनाईएको छ ।

प्रतियोगितामा १६ टिमको सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ । खेल पुनर्वास नगरपालिका ११ मा रहेको राष्ट्रिय माविको खेल मैदानमा हुने छ ।