सरस्वती आधारभुत विद्यालयकाे २३ औं वार्षिकाेत्सव सम्पन्न  - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सरस्वती आधारभुत विद्यालयकाे २३ औं वार्षिकाेत्सव सम्पन्न 



सुुुखड,कैलाली । कैलालीकाे घाेडाघाेडी नगरपालिका वडा नं ६ मा रहेको श्री सरस्वती आधारभुत बिधालय काे १३ औं बार्षिकाेत्सव आज सम्पन्न भएकाे छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुशिराम चाैधरीकाे सभापतित्व संगै सुरु भएकाे कार्यक्रमका प्रमुख अथिती वडा नं ६ वडाध्यक्ष बिनाेद बिश्वकर्मा रहनुभएकाे थियाे ।

कार्यक्रममा आर्थिक बर्ष २०७५/७६ काे ४७ लाख ८८ हजार ३ सय ५५ रुपैयाँ ४६ पैसा बराबर काे आय व्यय प्रस्तुत गरिएको थियाे।

 

शिक्षक टेक बहादुर खड्काकाे स्वागत मन्तव्य संगै सुरु भएकाे कार्यक्रममा वडा नं ६ का वडा सदस्यहरु धन बहादुर चाैधरी, कल्पना रेग्मी ,राजकुमारी जैगडी , लाल बहादुर चाैधरी तथा शिक्षक अभिभावक संघ अध्यक्ष सन्तराम चाैधरी , समाजसेवी एवम बुद्धिजीवी रेमन्त खड्का ,बिकाश बिष्ट ,हिक्मत कठायत,सनम चाैधरी,धर्म सिंह धामी,फागुराम चाैधरी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमको संञ्चालन शिक्षक नवीन कठायत गर्नुभएकाे थियाे।