सरकारलाइ सहयाेग गर्छाैँ : खाँण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सरकारलाइ सहयाेग गर्छाैँ : खाँण



बुटवल। नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस अब बन्ने सरकारमा प्रतिपक्षमा बस्ने बताएका छन् । उनले काँग्रेस सरकारमा जाने कुनै योजना नरहेको समेत बताए ।

“कुनै नेताले व्यक्तिगत रुपमा भन्ने कुरा अलग हो, पार्टीको सरकारमा जाने योजना छैन ।” – उनले भने । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उलने भने, “पार्टीको आधिकारिक धारणा प्रतिपक्षमा बस्ने हो, सरकारले के कस्ता नीति तथा कार्यक्रम ल्याउँछ, त्यसमा आधारित भएर रचनात्मक सहयोग गर्छौंं ।”

उनले काँग्रेसको सिटको संख्या घटेकाले सरकार निर्माणका लागि जनादेश नभएको बताउँदै नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रबीच तालमेल गरेर निर्वाचनमा गएको बताए ।
बाम गठबन्धनकाै बहुमत भएकाले कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषय बाम गठबन्धनकै विषय भएको पनि बताए ।