कर्मचारीले सरकारी उद्योगहरू ध्वस्त बनाए: लेखराज भट्ट - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

कर्मचारीले सरकारी उद्योगहरू ध्वस्त बनाए: लेखराज भट्ट



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारी उद्योगहरु धरासायी हुनुमा कर्मचारीहरु जिम्मेवार रहेको बताएका छन् ।

कर्मचारीहरु निजी स्वार्थमा लागेकाले सरकारले संचालन गरेका उद्योगहरु फष्टाउन नसकेको उनको भनाइ छ ।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री भट्टले धरासायी अवस्थामा रहेका सरकारी उद्योगहरुलाई नाफामुखि बनाउन आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले व्यापार घाटालाई कम गर्न पनि सरकारले संचालनमा ल्याएका उद्योगहरुलाई उत्पादनमुखि बनाउन ढिलाई गर्न नहुनेमा जोड दिए ।

मन्त्री भट्टले उद्योग संचालनमा लागि आवश्यक आन्तरिक तथा बाह्य लगानी बढ्दै गएको बताए ।