नवाज शरीफलाई जेलभित्र विष खुवाएको आरोप - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

नवाज शरीफलाई जेलभित्र विष खुवाएको आरोप



एजेन्सी- भ्रष्टाचार आरोपमा कारागारमा सात वर्षको सजाय भोगिरहेका पाकिस्तानका पूर्व प्रधानमन्‍त्री नवाज शरीफको स्वास्थ्यवस्था निकै गम्भीर बनेको छ।

मंगलबार गरिएको नवाजको स्वास्थ्य परिक्षण रिपोर्ट अनुसार उनको शरीरमा रक्तकोषिकाको संख्यामा निकै कमि आएको छ। १६ हजारबाट झरेर उनको शरीरमा रक्तकोषिकाको स‌ंख्या २ हजार पुगेको छ। सोमबार राति कोट लखपत जेलबाट अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकको एक टोलि उनको उपचारमा जुटेको थियो। उनलाई लगत्तै रगत पनि चढाइएको थियो।

तर, उता नवाज शरीफका छोरा हुसैन नवाजले आफ्नो बुवालाई जेलभित्र मन्द रुपमा विष दिइरहेको आरोप लगाएका छन्। डान न्युज रिपोर्टका अनुसार हुसैनले आफ्नो बुवाको शरिरमा रक्तकोषिकामा कमि आउनुको कारण मध्ये जहर दिएको हुन सक्ने पनि आशंका गरेका छन्। उनले ट्विट गर्दै आफ्ना बुवाको शरीरमा जहरको लक्षण भएको जिकिर गरेका छन्।

पिएमएल (एन) अध्यक्ष तथा नवाजका भाइ शाहबाज शरीफले मंगलबार दाजु नवाजसँग भेटिसकेपछि ट्विट गर्दै भनेका छन्, ‘मैले आज आफ्नो भाइसँग भेटे। मलाई उनको विग्रदो स्वास्थ्यवस्थाको निकै चिन्ता छ। सरकारले उनको स्वास्थ्य बारे गम्भीर बन्‍न जरुरी छ। म पुरै देशमा उहाँको रक्षाका लागि आग्रह गर्दछु।’