पाकिस्तानी कप्तान सर्फराज भारतीय भएको खुलासा - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

पाकिस्तानी कप्तान सर्फराज भारतीय भएको खुलासा



काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले सर्फराज अहमदलाई पाकिस्तानको टेस्ट र टी २० क्रिकेट टिमको कप्तानीबाट हटाउने निर्णय गरिसकेको छ । शुक्रबार, पाकिस्तान क्रिकेट बोर्डले सर्फराजलाई क्रिकेटका दुवै ढाँचाहरूको कप्तानीबाट हटाउने निर्णय गरेको थियो।

सर्फराजको स्थानमा अब टप अर्डरका ब्याट्सम्यान अजहर अलीलाई टेस्ट र ब्याट्सम्यान बाबर आजमलाई टी २० को कप्तानी दिइएको छ ।

हटाउने निर्णयसँगै इटावामा बस्ने उनका मामा मेहबूब हसनलाई गहिरो चोट पुगेको छ। सर्फराजका मामाले पाकिस्तान क्रिकेट बोर्ड विभेदकारी भएको आरोप लगाएका छन् । उनले भने, ‘पाकिस्तानको अवस्था राम्रो छैन। भारतीय मुस्लिमलाई त्यहाँ बेवकूफको दर्जा दिइयो।’

सर्फराजलाई अष्ट्रेलियासँग हुने आगामी टेस्ट र टी २० सीरीजका लागि टीममा सामेल गरिएको छैन। उनी अस्ट्रेलिया भ्रमणअघि बर्खास्तगीमा परेका हुन्। पाकिस्तानले अस्ट्रेलियामा तीन टी–२० र २ टेस्ट खेल्दैछ। मेहबूबले भने, “उनले मिडियाबाट बर्खस्तको जानकारी पाएका थिए।”

पूर्व पाकिस्तानी कप्तान सर्फराज मेहबूबको जेठी दिदि अकिला बानोको छोरा हुन्। सर्फराजका बुबा शकील अहमद मूल रूपमा भारतरको उत्तर प्रदेश फतेहपुर जिल्लाको खागा तहसीलको काब्रे गाउँका हुन्। सर्फराजका बुबा १९५७ मा कराची सरेका थिए।

महबूब प्रतापगढ जिल्लाको कुंडा तहसीलको दिलारगंजका हुन्। मेहबूब भन्छन् अक्टोबर १७ मा उनले मोबाइलमा सर्फराजसँग कुराकानी गरे र सबैको बारेमा सोधे। सर्फराजले भनेका थिए पाकिस्तानमा आईपीएल जस्ते लिग भइरहेको छ। खेल्नको लागि क्वेटा र लाहोर जस्ता शहरहरू जानु पर्छ।

मेहबूबका अनुसार सर्फराज २००७ मा पहिलो पटक ग्वालियर आएका थिए। त्यस समयमा कामरान अकमललाई चोट लागेको कारण विशेष विमानबाट भारत पठाइएको थियो। २०१६ मा, उनी शाहिद अफरीदीको नेतृत्वमा मोहालीमा एकदिवसीय खेल खेल्न आएका थिए। उनले त्यहाँ सर्फराजलाई भेटे। उनले इटावाको प्रसिद्ध सोनपाडी ल्यएर दिए।

२०१७ मा मेहबूब श्रीमती समर फातिमा, छोरी अर्शला सिद्दीकी र छोरा सलमान हसनसँग सर्फराजको विवाहमा भाग लिन पाकिस्तान गएका थिए । सर्फराज १९९७ र २००१ मा इटावाको मामा घर आएका थिए। त्यतिबेला उनि पाकिस्तान टीममा चयन भएका थिएनन् ।