चन्द्रौटामा सार्वजनिक शौचालय - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

चन्द्रौटामा सार्वजनिक शौचालय



कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको मुख्य वजारको रुपमा चिनिएको चन्द्रौटा बजारमा सार्वजनिक शौचालय संचालनमा आएको छ । शिवराज नगरपालिका द्धारा संचालित रहेको उक्त शौचालय आइतवार नगरप्रमुख नेत्रराज अधिकारीले उद्धघाटन गरे ।

लामो समयको कसरतपछि चन्द्रौटामा शौचालय संचालनमा आएको हो । चन्द्रौटामा दिनप्रतिदिन बस्ति बिकाससंगै शहरीकरण्ँ बढ्दै गएपछि नगरपालिकाले शौचालयको अवधारणँ अगाडि सारेको थियो । शिवराज नगरपालिका भित्र सार्वजनिक शौचालय नहुदा समस्या भएको हुदा सार्वजनिक शौचालय आतिआवश्यक रहेकोले शौचालयको अवधारण ल्याएकोे नगरप्रमुख अधिकारीले वताए ।

चन्द्रौटा वजार व्यस्त वजार रहेता पनि शौच गर्नको लागी कुनै होटल जानुपर्ने र खाजानास्ता खानुपर्ने वाध्यतालाई मध्यनजर गरी सार्वजनिक शौचालय संचालनमा ल्याएको नगरप्रमुख अधिकारीले जनाए ।सार्वजनिक शौचालयलाई व्यावस्थित रुपमा प्रयोग गर्ने नगरप्रमुख अधिकारीले आग्रह गरे ।

शिवराज नगरपालिकाको ८ लाख २५ हजार लगानीमा शौचालय ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेसकान्त पौडेलले वताए ।

चन्द्रौटा चोकमा रहेको शौचालयमा एकपटकमा तीनजना पुरुष र तीन जना महिला गरी ६ जनाले शौच गर्न सक्ने क्षमता रहेको अधिकृत पौडेलले बताए ।त्यस्तै शिवराज नगरपालिका वडा ३ का राजेश चौधरीलाई शौचलय प्रयोगीहरु वाट केहि रकम संकलन शौचालय संचालन गर्ने जिम्मा दिएको नगरप्रमुख अधिकारीले वताए ।
चन्द्रौटा आसपासमै सार्वजनिक शौचालय नहुदा नगर प्रदुषित हुनुका साथै बाताबरण प्रदुषण पनि बढिरहेको बेलामा संचालनमा ल्याइएको शौचालयको प्रभाबकारिता बढ्ने बिश्वास गरिएको छ ।