सारथी डिजिटलको प्रस्तुतिमा निशा के.सीको रोईला गीत “बेनी बजार घुमेर”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सारथी डिजिटलको प्रस्तुतिमा निशा के.सीको रोईला गीत “बेनी बजार घुमेर”बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे/ माघ २७ 

कस्तुप पन्त भन्न बित्तिकै नेपाली गीत सङ्गीतको क्षेत्रमा बहुचर्चित नाम हो । पन्तका धेरै लोक दोहोरी गीतहरू र आधुनिक गीतहरू सफल र चर्चित गीतहरू नेपाली गीत सङ्गीतको फाँट र श्रोताको दिलको आगनीमा पस्किएका छन् र श्रोताहरूको तन र मन पनि जित्न सफल भएका छन् । यसैक्रममा पन्तको उत्कृष्ट लय तथा शब्द सृजनामा रोईला दोहोरी गीत “बेनी बजार घुमेर” सार्वजनिक भएको छ ।

गायिका निशा केसी र सन्तोष क्षेत्रीको स्वरमा रहेको गीतको भिडियोमा बहुचर्चित मोडल शङ्कर बिसी र पार्वती राईको अभिनय देख्न सकिन्छ । राजेश घिमिरेको छायांकनमा तयार भिडियोको सम्पादन भने नवीन घर्ती मगरले गरेका छन् । गीत निशा केसीको प्रस्तुतिमा सारथी डिजिटलले बजारमा ल्याएको छ ।