सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-९६)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
ब्रह्मभूतः
प्रसन्नात्मा न शोचति न काङ्क्षति।
समः सर्वेषु भूतेषु मद्भक्तिं लभते पराम्।।५४।।
भक्त्या मामभिजानाति यावान्यश्चास्मि तत्त्वतः।
ततो मां तत्त्वतो ज्ञात्वा विशते तदनन्तरम्।।५५।।
ब्रह्मैरूप प्रसन्न व्यक्ति,
न त क्यै चाहन्छ वा सोच्तछ
सारा जीव समान देख्छ त्यसले सद्भक्ति ऊ पाउँछ।
उस्ले चिन्दछ भक्तिले गरि म जेजस्तो छु राम्रोसँग
मैलाई यसरी चिनेपछि भने ऊ लिन्छ मेरै रूप।।२९।।
सर्वकर्माण्यपि सदा
कुर्वाणो मद्व्यपाश्रयः।
मत्प्रसादादवाप्नोति शाश्वतं पदमव्ययम्।।५६।।
चेतसा सर्वकर्माणि मयि संन्यस्य मत्परः।
बुद्धियोगमुपाश्रित्य मच्चित्तः सततं भव।।५७।।
सारा कर्म गरी रहे
पनि सधैँ मैमाथि आश्रित् भई
उस्ले पाउँछ पार्थ ! ब्रह्मपद नै मेरा दयाले गरी।
सारा कर्म मलाई अर्पण गरी मन्ले झुकी मैतिर
अप्नाई सम बुद्धियोग अविरत्, मन्निष्ठ होऊ अब।।३०।।
मच्चितः सर्वदुर्गाणि
मत्प्रसादात्तरिष्यसि।
अथ चेत्त्वमहंकारान्न श्रोष्यसि विनङ्क्षसि।।५८।।
यदहंकारमाश्रित्य न योत्स्य इति मन्यसे।
मिथ्यैव व्यवसायस्ते प्रकृतिस्त्वां नियोक्ष्यति।।५९।।
मैमा चित्त दिए
विपद्हरू सबै मेरा दयाले पनि
टर्नेछन्, नसुने मपाइँ बनिई, नष्टै हुनेछौ तिमी।
गर्वीलो भइ युद्ध गर्दिनँ भनी ठान्छौ भने त्यो पनि
व्यर्थ्यै हुन्छ, म जान्दछु प्रकृतिले जोत्छे अवश्यै पनि।।३१।।
स्वभावजेन कौन्तेय
निबद्धः स्वेन कर्मणा।
कर्तुं नेच्छसि यन्मोहात्करिष्यस्यवशोऽपि
तत्।।६०।।
ईश्वरः सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति।
भ्रामयन्सर्वभूतानि यन्त्रारूढानि मायया।।६१।।
चाहन्नौ तिमी गर्न
मोहवश भै जुन् कर्म कत्ति पनि
आफ्ना प्राकृत कर्मको वश परी त्यो पर्छ गर्नै अनि।
ईश्वर् बस्छ समस्त प्राणीहरूका हृद्देशमा हर्दम
मायाले उसले घुमाउँछ शरीर्धारी यी प्राणीपन।।३२।।
(क्रमशः)