सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-९३)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
यया धर्ममधर्म च
कार्यं चाकार्यमेव च।
अयथावत्प्रजानाति बुद्धिः सा पार्थ राजसी।।३१।।
अधर्म धर्ममिति या मन्यते तमसावृता।
सर्वार्थान्विपरीताश्च बुद्धिः सा पार्थ तामसी।।३२।।
कार्याकार्य अधर्म
धर्म जसले सक्तैन छुट्याउन
त्यस्तो बुद्धि कहिन्छ राजस भनी जाने तिमी अर्जुन।
अज्ञानावृत भै अधर्म जसले धर्मै भनी ठान्दछ
सारा चीज् विपरीत देख्तछ भने त्यो बुद्धि हो तामस।।१७।।
धृत्या यया धारयते
मनःप्राणेन्द्रियक्रियाः।
योगेनाव्यभिचारिण्या धृतिः सा पार्थ सात्त्विकी।।३३।।
यया तु धर्मकामार्थान्धृत्या धारयतेऽर्जुन।
प्रसङ्गेन फलाकाङ्क्षी धृतिः सा पार्थ राजसी।।३४।।
जस्ले गर्दछ प्राण,
इन्द्रिय तथा मन्का क्रिया धारण
त्यो नै अव्यभिचारी धैर्य तिमीले सात्त्विक् बुझे अर्जुन।
फल्को आश प्रशङ्गवश् लिई पुरुष् धर्मार्थ कामादिक
जेले धारण गर्छ त्यै धृति तिमी जाने भनी राजस।।१८।।
यया स्वप्नं भयं शोकं
विषादं मदमेव च।
न विमुञ्चति दुर्मेधा धृतिः सा पार्थ तामसी।।३५।।
सुखं त्विदानीं त्रिविधं शृणु मे भरतर्षभ।
अभ्यासाद्रमते यत्र दुःखान्तं च निगच्छति।।३६।।
जेले स्वप्न, विषाद,
शोक, भय औ उन्मादपन् आदिक
धारण् गर्दछ मूर्खले त्यही धृति जाने तिमी तामस।
हे कौन्तेय ! सुखै पनि तीन थरि हुन्छन्, म भन्छु सुन
जस्मा बानी परे भुलिन्छ सहजै सब् दुःख कष्टादिक।।१९।।
यत्तदग्रे विषमिव परिणामेऽमृतोपमम्।
तत्सुखं सात्त्विकं प्रोक्तमात्मबुद्धिप्रसादजम्।।३७।।
विषयेन्द्रियसंयोगाद्यत्तदग्रेऽमृतोपमम्।
परिणामे विषमिव तत्सुखं राजसं स्मृतम्।।३८।।
जुन आनन्द छ आदिमा
विषसरी अमृत्सरी अन्त्यमा
ईश्वर्-ज्ञान-प्रसादजन्य सुख त्यो हो सात्त्विकी सुख् यहाँ।
जुन् सुख् इन्द्रियसाथमा विषयका संयोगले मिल्दछ
अमृत्झैँ पहिले पछि विषसरी जो बन्छ हो राजस।।२०।।
(क्रमशः)