सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-९२)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
नियतं
सङ्गरहितमरागद्वेषतः कृतम्।
अफलप्रेप्सुना कर्म यत्तत्सात्त्विकमुच्यते।।२३।।
यत्तु कामेप्सुना कर्म साहंकारेण वा पुनः।
क्रियते बहुलायासं तद्राजसमुदाहृतम्।।२४।।
आसक्ति अनि रागद्वेष
नलिई कर्तव्य सम्झी निज
फल्को आश नराखी कर्म गरिए त्यो कर्म हो सात्त्विक।
फल् खोज्ने अथवा अहम्पन लिने मानिस् परिश्रम्सँग
गर्छन् जेजति कर्म ती सब भए राजस् भनी यो बुझ।।१३।
अनुबन्धं क्षयं
हिंसामनवेक्ष्य च पौरुषम्।
मोहादारभ्यते कर्म यत्तत्तामसमुच्यते।।२५।।
मुक्तसङ्गोऽनहंवादी धृत्युत्साहसमन्वितः
सिद्ध्यसिद्ध्योर्निर्विकारः कर्ता सात्त्विक उच्यते।।२६।।
हिंसा वा परिणाम्,
हानि अथवा सामर्थ्य आफ्नूतक
यादै नै नगरी नजानी गरिने सब् कर्म हुन् तामस।
आसक्ति अनि गर्व छैन अनि तो उत्साह सम्पन्न छ
हानि लाभ समान ठान्छ त्यही हो कर्ता महासात्त्विक।।१४।।
रागी
कर्मफलप्रेप्सुर्लुब्धो हिंसात्मकोऽशुचिः।
हर्षशोकान्वितः कर्ता राजसः परिकीर्तितः।।२७।।
अयुक्तः प्राकृतः स्तब्धः शठो नैष्कृतिकोऽलसः।
विषादी दीर्घसूत्री च कर्ता तामस उच्यते।।२८।।
लोभी, हिंस्र,
असच्चरित्र फलको इच्छा लिने, लम्पट
नित्यै हर्ष र शोकले बदलिने कर्ता त हो राजस।
जुम्सो अल्छी असभ्य, चञ्चल सधैँ चिन्ता लिने निष्क्रिय
जो ढीटो हुन खोज्छ व्यर्थ त्यही हो कर्ता महातामस।।१५।।
बुद्धेर्भेदं धृतेश्चैव
गुणतस्त्रिविधं शृणु।
प्रोच्यमानमशेषण पृथक्त्वेन धनंजय।।२९।।
प्रवृत्तिं च निवृत्तिं त कार्याकार्ये भयाभये।
बन्धं मोक्षं च या वेत्ति बुद्धिः सा पार्थ सात्त्विकी।।३०।।
तीनै भेद छ बुद्धि
धैर्य दुइकै गुण्ले गरी अर्जुन
भन्दै छू म त्यही पृथक् गरि यहाँ प्रत्येक नै लौ सुन।
जेले बुझ्छ प्रवृत्ति मुक्ति दुइ नै बाटा यथार्थैसँग
कार्याकार्य भयाभयै पनि सँगै त्यो बुद्धि हो सात्त्विक।।१६।।
(क्रमशः)