सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-९१)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
शरीरवाङ्मनोभिर्यत्कर्म
प्रारभते नरः।
न्याय्यं वा विपरीतं वा पञ्चैते तस्य हेतवः।।१५।।
तत्रैवं सति कर्तारमात्मानं केवलं तु यः
पश्यत्यकृतबुद्धित्वान्न स पश्यति दुर्मति।।१६।।
मन्, बोली र शरीरले
पुरुषले जे गर्न थाले पनि
चाहे त्यो उचितै हओस् कि अनुचित् कारण् त हुन्छन् यिनी।
यो हो तथ्य तथापि केवल स्वयम् कर्ता हुँ सब्को भनी
ठानी राख्तछ अज्ञतावश भने जान्दैन त्यो क्यै पनि।।९।।
यस्य नाहंकृतो भावो
बुद्धिर्यस्य न लिप्यते।
हत्वापि स इमाँल्लोकान्न हन्ति न निबध्यते।।१७।।
ज्ञानं ज्ञेयं परिज्ञाता त्रिविधा कर्मचोदना।
करणं कर्म कर्तेति त्रिविधः कर्मसंग्रह।।१८।।
कर्ता हूँ भनी गर्व
छैन जसको औ बुद्धि निःसङ्ग छ
मारे तापनि यो त्रिलोक उसले मार्दैन क्यै, मुक्त छ।
ज्ञाता, ज्ञान र ज्ञेय तीन थरि छन् प्रेरक् सबै कर्मका
तीनै छन् बुझ कर्मसङ्ग्रह पनि कर्ता, करण् औ क्रिया।।१०।।
ज्ञानं कर्म च कर्ता
च त्रिधैव गुणभेदतः।
प्रोच्यते गुणसंख्याने यथावच्छृणु तान्यपि।।१९।।
सर्वभूतेषु येनैकं भावमव्ययमीक्षते।
अविभक्तं विभक्तेषु तज्ज्ञानं विद्धि सात्त्विकम।।२०।।
कर्ता, कर्म र ज्ञान
तीन थरिका सत्त्वादि हुन् भेदले
हुन्छन् भन्दछ साङ्ख्यशास्त्र, म त्यही भन्दै छु सङ्क्षेपले।
प्राणी भिन्न भए पनि सबमहाँ बस्ने त एक् तत्त्व छ
यस्तो बोध गराइदिन्छ जसले त्यो ज्ञान हो सात्त्विक।।११।।
पृथक्त्वेन तु
यज्ज्ञानं नानाभावान्पृथग्विधान्।
वेत्ति सर्वेषु भूतेषु तज्ज्ञानं विद्धि राजसम्।।२१।।
यत्तु कृत्स्नवदेकस्मिन्कार्ये सक्तमहैतुकम्।
अतत्त्वार्थबदल्पं च तत्तामसमुदाहृतम्।।२२।।
सब् प्राणीहरूभित्र
चेतन भई बस्ने अलग् तत्त्व हो
भन्ने भ्रान्त विचार दिन्छ जसले त्यो राजसी ज्ञान हो।
सम्पूर्णै बुझी कार्यरूप् शरीरमा जुन् ज्ञान् हो केन्द्रित
तात्त्विक् अर्थ र युक्तिहीन् छ यसले त्यो ज्ञान हो तामस।।१२।।
(क्रमशः)