सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७६) - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७६)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

अथ चतुर्दशोध्यायः

श्रीभगवानुवाचः
परं भूयः प्रवक्ष्यामि ज्ञानानां ज्ञानमुत्तमम्।
यज्ज्ञात्वा मुनयः सर्वे परां सिद्धिमतो गताः।।१।।
इदं ज्ञानमुपाश्रितत्य मम साधर्म्यमागताः
सर्गे
पि नोपजायन्ते प्रलये न व्यथन्ति च।।२।।

जुन् हो उत्तम ज्ञान, ज्ञानहरूमा, त्यै भन्छु फेरी यहाँ
जे जानेर पुगे सबै ऋषिमुनि सोझै परब्रह्ममा।
मेरो यस् रूपमा मिलेपछि यसै ज्ञान्‌को सहारा लिई
सृष्टिमा पनि जन्मँदैन लयमा नासिन्न कोही रति।।१।।

मम योनिर्महद्‍ब्रह्म तस्मिन्गर्भं दधाम्यहम्।
संभवः सर्वभूतानां ततो भवति भारत।।३।।
सर्वयोनिषु कौन्तेय मूर्तयः संभवन्ति याः।
तासां ब्रह्म महद्योनिरहं बीचप्रदः पिता।।४।।

मेरो योनि त्यही महत् प्रकृति हो त्यस्‌मा म बीज् राख्तछु
त्यस्‌बाटै अनि यो चराचर जगत् जन्मन्छ मै पाल्दछु।
नाना योनिमहाँ अनेक थरिका जो जतीव उत्पन्न छन्
ती सब्‌को म हुँ वीर्यसेचक पिता आमा महत् ब्रह्म हुन्।।२।।

सत्त्वं रजस्तम इति गुणाः प्रकृतिसंभवाः।
निबध्‍नन्ति महाबाहो देहे देहिनमव्ययम्।।५।।
तत्र सत्त्वं निमर्लत्वात्प्रखाशकमनामयम्।
सुखसङ्गेन बध्‍नाति ज्ञानसङ्गेन चानघ।।६।।

गुण् हुन् सत्त्व रजस्तम प्रकृतिमा पैदा भए तीन छन्
यिन्‌ले अव्यय देहीलाई सहजै देहैमहाँ बाँध्दछन्।
यिन्‌मा सत्त्व सफा, प्रकाशक तथा निर्दोष गुण् हो बुझे
यस्‌ले बाँध्दछ जीवलाई सुख औ विज्ञान सम्बन्धले।।३।।

रजो रागात्मकं विद्धि तृष्णासङ्गसमुद्भवम्।
तन्निबध्‍नाति कौन्तेय कर्मसङ्गेन देहिनम्।।७।।
तमस्त्वज्ञानजं विद्धि मोहनं सर्वदेहिनाम्।
प्रमादालस्यनिद्राभिस्तन्निबध्‍नाति भारत।।८।।

आसक्ति अनि तिर्सनाजनित गुण् रज् हो छ रागात्मक
यस्‌ले बाँध्दछ कर्म माध्यम गरी जीव्‌लाई देहैसँग।
मोहित् पार्छ समस्तलाई तम गुण् अज्ञानले बढ्दछ
निद्रा लस्य प्रमाद माध्यम गरी प्रामी सबै बाँध्दछ।।४।।

सत्त्वं सुखे संजयति रजः कर्मणि भारत।
ज्ञानमावृत्य तु तमः प्रमादे संजयत्युत।।९।।
रजस्तमश्चाभिभूय सत्त्वं भवति भारत।
रजः सत्त्वं तमश्चैव तमः सत्त्वं रजस्तथा।।१०।।

हे अर्जुन् ! सुख दिन्छ सत्त्व गुणले, रज् कर्ममा जोत्तछ
ढाकी ज्ञान, समग्रलाई तमले कर्तव्यच्युत् पार्दछ।
कैले जित्तछ सत्त्वले रज तथा तम्‌लाई त्यस्तै गरी
रज्‌ले सत्त्व र तम् र सत्त्व रजको तम् हुन्छ जेता अरि।।५।।

(क्रमशः)