सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७३)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
अध्यात्मज्ञाननित्यत्वं
तत्त्वज्ञानार्थदर्शनम्।
एतज्ज्ञानमिति प्रोक्तमज्ञानं यदतोऽन्यथा।।११।।
ज्ञेयं यत्तत्प्रवक्ष्यामि यज्ज्ञात्वामृतमश्नुते।
अनादिमत्परं ब्रह्म न सत्तन्नासदुच्यते।।१२।।
ईश्वर् नै प्रतिपाद्य
बुझ्नु बनिनु अध्यात्मको चिन्तक
यो नै ज्ञान गनिन्छ हुन् अरू सबै अज्ञानतासूचक।
जान्नू योग्य कुरो म भन्दछु त्यही जाने अमर् बन्दछ
सत् नै हो न अनादि ब्रह्म न असत् यो बुझ्नु राम्रोसँग।।८।।
सर्वतः पामिपादं तत्सर्वतोऽक्षिशिरोमुखम्।
सर्वतः श्रुतिमल्लोके सर्वावृत्य तिष्ठति।।१३।।
सर्वेन्द्रियगुणाभासं सर्वेन्द्रियविवर्जितम्।
असक्तं सर्वभृच्चैव निर्गुणं गुणभोक्तृ च।।१४।।
उस्का हात र पाउ छन्
सबतिरै, मुख्, नेत्र, शिर्, सब्तिर
कानै नै पनि छन् सबैतिर सबै ढाकेर ऊ बस्तछ।
छैनन् इन्द्रिय तैपनि विषयको ज्ञाता छ त्यो ईश्वर
निर्गुण् हो गुण भोग्छ, निस्पृह छ ऊ सारा जगत् पाल्दछ।।९।।
बहिरन्तश्च
भूतानामचरं चरमेव च।
सूक्ष्मत्वात्तदविज्ञेयं दूरस्थं चान्तिके च तत्।।१५।।
अविभक्तं च भूतेषु विभक्तमिव च स्थितम्।
भूतभर्तृ च तज्ज्ञेयं ग्रसिष्णु प्रभविष्णु च।।१६।।
प्राणीभित्र र बाहिरै
पनि छ ऊ चर् हो अचर् नै पनि
ज्यादै सूक्ष्म हुँदा अगम्य छ, छ ऊ टाढा नजीकै पनि।
एकैरूप्सित प्राणीमा छ, ऊ पृथक् जस्तो भई बस्तछ
स्रष्टा त्यै छ र लोकपालक पनि त्यै नै छ संहारक।।१०।।
ज्योतिषामपि तज्ज्योतिस्तमसः
परमुच्यते।
ज्ञानं ज्ञेयं ज्ञानगम्यं हृदि सर्वस्य विष्ठितम्।।१७।।
इति क्षेत्रं तथा ज्ञानं ज्ञेयं चोक्तं समासतः
मद्भक्त एतद्विज्ञाय मद्भावायोपपद्यते।।१८।।
ज्योतिको पनि ज्योति
हो अनि सधैँ ऊ हुन्छ माया पर
ज्ञान ज्ञेय दुवै उही छ, सबका हृद्देशमा बस्तछ।
यै हो क्षेत्र र ज्ञानगम्य सबको सङ्क्षिप्त वर्णन् बुझ
मेरो भक्त यही बुझेपछि स्वयम् मैसाथ गै मिल्दछ।।११।।
(क्रमशः)