सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७) - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

 अथ द्वितियोध्यायः

संजय उवाच
तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम्।
विषीदन्तमिदं वाक्यमुवाच मधुसूदनः ।।१।।

श्रीभगवानुवाच
कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम्।
अनार्यजुष्टमस्वर्ग्यमकीर्तिकरमर्जुन।।२।।

सुर्ताले गहभित्र आँसु भरिई देख्तैनथे नेत्रले
चिन्ताव्याकुल पार्थलाई अहिले भन्नुभयो कृष्णले।
यस्ता सङ्कटकालमा कसरी यो भ्रम् उब्जियो अर्चुन !
यस्‌ले स्वर्ग दिँदैन, मिल्छ अपयश्, यो स्वाउँदो होइन।।१।।

क्लैव्यं मा स्म गमः पार्थ नैतत्त्वय्युपपद्यते।
क्षुद्रं हृदयदौर्बल्यं त्यक्त्वोत्तिष्ट परंतप।।३।।

अर्जुन उवाच
कर्थ भीष्ममहं संख्ये द्रोणं च मधुसूदन।
इषुभिः प्रति योत्स्यामि पूजार्हावरिसूदन।।४।।

हे अर्जुन् ! तिमीलाई यो सब कुरो स्वाउन्न आँटी बन
मन्‌को दुर्बलता हटाउ रणका निम्ति तयारी बन।
भन्छन् त्यस्‌पछि पार्थ कृष्णसँग नै सम्मान्य ती भीष्ममा
उस्तै द्रोणउपर् पनि कसरी शर् हानौँ म सङ्ग्राममा।।२।।

गुरूनहत्वा हि महानुभावान् श्रेयो भोक्तुं भैक्ष्यमपीह लोके।
हत्वार्थकामांस्तु गुरूनिहैव भुञ्जीय भोगान्‍रुधिरप्रदिग्धान्।।५।।
न चैतद्विद्मः कतरन्नो गरीयो यद्वा जयेम यदि वा नो जयेयुः।
यानेव हत्वा न जिजीविषाम- स्तेऽवस्थिताः प्रमुखे धार्तराष्ट्रा।।६।।

भिक्षा गर्नु परोस् त्यही असल हो, मैले नमार्दा गुरु
ती मारी जुन राज्य मिल्छ उसमा रक्ताम्य भोग् पाउँछु।
जित्दा श्रेय छ वा बुझिन्न अथवा हार्दा ठूलो श्रेय छ
जो मरेपछि बाँच्‍नु व्यर्थ छ ती हुन् कौरव् ती छन् सम्मुख।।३।।

कार्पण्यदोषोपहतस्वभावः पृच्छामि त्वां धर्मसंमूढचेताः।
यच्छ्रेयः स्यान्निश्चितं ब्रूहि तन्मे शिष्यस्तेऽहं शाधि मां त्वां प्रपन्नम्।।७।।

मनमा उब्जिन गो दया र अहिले मेरो मति भ्रान्त छ
धर्माधर्म लिएर भ्रम् छ मनमा आएँ शरण्‌मा अब।
जे गर्दा हित हुन्छ त्यै भनिदिनोस् हे कृष्ण बुझ्ने गरी
शिष्यै हूँ अति दुःखमा छु अहिले शिक्षा म पाऊँ सही।।४।।

(क्रमशः)