सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६९) - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६९)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

ये तु सर्वाणि कर्माणि मयि संन्यस्त मत्पराः।
अनन्येनैव योगेन मां ध्यायन्त उपासते।।६।।
तेषामहं समुद्धकर्ता मृत्युसंसारसागरात्।
भवामि नचिरात्पार्थ मय्यावेशितचेतसाम्।।७।।

सारा कर्मण मलाई अर्पण गरी एकाग्र भै मैमहाँ
जस्‌ले भज्छ सगुण् मलाई दिनहूँ, अर्पेर तन्‌मन् ममा।
त्यस्तालाई म झट्ट झिक्तछु ऊँभो संसारदेखि बुझ
त्यो मेरो प्रिय भक्त हो न कहिल्यै जन्मन्छ वा मर्दछ।।५।।

मय्येव मन आधस्त्व मयि बुद्धिं निवेशय।
निवसिष्यसि मय्येव अत ऊर्ध्वं न सशंय।।८।।
अथ चित्तं समाधानु न शक्नोषि मयि स्थिरम्।
अभ्यासयोगेन ततो मामिच्छाप्तुं धनंजय।।९।।

मन् औ बुद्धि ममा लगाऊ, तिमीले यस्तो गरेमा पछि
तिम्रो वास ममा हुनेछ, मसँगै सारूप्य तिम्रो भई।
सक्तैनौ तिमीले यदि ममा स्थिर् गर्न आफ्नू मन
इच्छा राख मलाई पाउन स्वयम् अभ्यासले अर्जुन।।६।।

अभ्यासेप्यसमर्थोसि मत्कर्मपरमो भव।
मदर्थमपि कर्माणि कुर्वन्सिद्धिमवाप्स्यसि।।१०।।
अथैतदप्यशक्तो
सि कर्तुं मद्योगमाश्रितः।
सर्वकर्मफलत्यागं ततः कुरु यतात्मवान्।।११।।

अभ्यासै पनि गर्न शक्ति नभए जे कर्म गर्छौ तिमी
ती सब् पार्थ ! मलाई अर्पण गरे मिल्नेछ सिद्धि यहीँ।
यी सब् नै पनि गर्न शक्ति नभए मेरो उपासक् बन
केही आश नराख कर्मफलको मन्‌बुद्धि वश्‌मा गर।।७।।

श्रेयो हि ज्ञानमभ्यासाज्ज्ञानाद्ध्यानं विशिष्यते।
ध्यानात्कर्मफलत्यागस्त्यागाच्छान्तिरनन्तरम्।।१२।।

ज्ञान श्रेष्ठ छ मर्म ज्ञान विनको अभ्यासभन्दा, उता
ज्ञान, ध्यान र त्याग कर्मफलको हुन् उत्तरोत्तर् ठूला।
ईश्वर् अर्पण रूप कर्मफलको जो त्याग हो त्यै यहाँ
सर्वोत्कृष्ठ कहिन्छ पार्थ ! किनकि स्थायी छ शान्ति त्यहाँ।।८।।

(क्रमशः)