सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६७)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
संजय उवाच
इत्यर्जुनं वासुदेवस्तथोक्त्वा स्वकं रूपं दर्शयामास भूयः।
आश्वासयामास च भीतमेनं भूत्वा पुनः सौम्यवपुर्महात्मा।।५०।।
भन्छन् सञ्जय कृष्णले
यति कुरो ती पार्थलाई भनी
आफ्नो सौम्य स्वरूप धारण गरी देखाउनुभो त्यहीँ।
अत्यन्तै भयभीत अर्जुन छिटै आश्वस्त होऊन् भनी
केशव्ले लिनुभो चतुर्भुज स्वरूप् तत्काल फेरी पनि।।४०।।
अर्जुन उवाच
दृष्ट्वेदं मानुषं
रूपं तव सौम्यं जनार्दन।
इदानीमस्मि संवृत्तः सचेताः प्रकृतिं गतः।।५१।।
श्रीभगवानुवाच
सदुर्दर्शमिदं रूपं दृष्टवानसि यन्मम।
देवा अप्यस्य रूपस्य नित्यं दर्शनकाङ्क्षिण।।५२।।
भन्छन् अर्जुन सौम्य
मानव स्वरूप् देखी हजुर्को अब
मेरो चित्त छ शान्त, होस अहिले खुल्दै छ हे केशव !
आज्ञा भो अनि कृष्णबाट तिमीले देख्यौ यहाँ जुन् रूप
त्यस्को दर्शन निम्ति देवगण छन् अत्यन्त लालायित।।४१।।
नाहं वेदैर्न तपसा न
दानेन न चेज्यया।
शक्य एवंविधो द्रष्टुं दृष्टवानसि मां यथा।।५३।।
भक्त्या त्वनन्यया शक्य अहमेवंविधोऽर्जुन।
ज्ञातुं द्रष्टुं च तत्त्वेन प्रवेष्टुं च परंतप।।५४।।
वेद्ले, यज्ञ र दानले
र तपले यिन्मा कुनैले यहाँ
सम्भव् छैन मलाई भेट्न तिमीले देखेसरी रूपमा।
मेरो यो रूप देख्न, जान्न अथवा तद्रूपता पाउन
सक्ने एक अनन्य भक्ति छ भनी जाने तिमी अर्जुन।।४२।।
मत्कर्मकृन्मत्परमो
मद्भक्तः सङ्गवर्जितः।
निर्वैरः सर्वभूतेषु यः स मामेति पाण्डव।।५५।।
मैमा अर्पण गर्छ कर्म
जति जो उस्बाट हुन्छन् सब
मैमा आश्रित भैरहन्छ सुखदुःख् एक्रूपले भोग्दछ।
रागद्वेष कतै लिँदैन जगतै ईश्वर् स्वरूप देख्तछ
यस्तो भक्त ठगिन्न पार्थ ! कहिल्यै मैसाथ ऊ मिल्दछ।।४३।।
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे विश्वरूपदर्शनयोगो नामैकादशोऽध्यायः।।११।।
(क्रमशः)