सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६६)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
किरीटिनं गदिनं
चक्रहस्तमिच्छामि त्वां द्रष्टुमहं तथैव।
तेनैव रूपेण चतुर्भुजेन सहस्रबाहो भव विश्वमूर्ते।।४६।।
हात्मा चक्र गदा
लिने र शिरमा उज्ज्वल् मुकुट् लाउने
त्यस्तो रूप म हेर्न खोज्छु प्रभुको मन्लाई शान्ति दिने।
त्यस् कारण् अब त्यै चतुर्भुज स्वरूप् देखाउनोस् अच्युत
बिन्ती गर्छु सहस्र बाहु भगवन्, हे विश्वरूपी अज।।३६।।
श्रीभगवानुवाच
मया प्रसन्नेन तवार्जुनेदं रूपं परं दर्शितमात्मयोगात्।
तेजोमयं विश्वमनन्तमाद्यं यन्मे त्वदन्येन न दृष्टपूर्वम्।।४७।।
आज्ञा भो अनि
कृष्णबाट म त छु सन्तुष्ट हे अर्जुन !
त्यस्ले दिव्य शरीर धारण गरी ऐले दिएँ दर्शन।
यो तेजोमय विश्वरूप् छ अति नै आदिम् अनन्तै पनि
यस्लाई तिमी भिन्न कोही अरूले पाएन देख्नै कहीँ।।३७।।
न वेदयज्ञाध्ययर्नैनं
दानैर्न च क्रियाभिर्न तपोभिरुग्रैः।
एवंरूपः शक्य अहं नृलोके द्रष्टुं त्वदन्येन कुरुप्रवीर।।४८।।
वेद्ले यज्ञ र दान,
अध्ययन वा तप्ले क्रियाले पनि
यस्को दर्शन छैन सम्भव भनी विश्वास माने तिमी।
मेरा भक्त तिमीसिवाय अरूले सक्तैन यस् लोकमा
मेरो दर्शन गर्न यस् स्वरूपमा यो सत्य माने यहाँ।।३८।।
मा ते व्यथा मा च
विमूढभावो दृष्ट्वा रूपं घोमीदृङ्ममेदम्।
व्यपेतभीः प्रीतमनाः पुनस्त्वं तदेव मे रूपमिदं प्रपश्य।।४९।।
मेरा उत्कट रूपदेखि
नडरी सामान्य होऊ अब
डर्ने, अल्मलिने र कातर हुने कारण् यहाँ के छ
र ?
शङ्का त्याग तिमी प्रसन्न मनले लौ हेर फेरि अब
तिम्रो त्यै चिरकालदेखि परिचित् मेरो स्वरूप् सामु छ।।३९।।
(क्रमशः)