सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६५)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
यच्चावहासार्थमसत्कृतोऽसि
विहारशस्यासनभोजनेषु।
एकोऽथवाप्यच्युत तत्समक्षं तत्क्ष्यामये त्वामहमप्रमेयम्।।४२।।
मैले नाथ विनोदका
समयमा, सुत्दा र बस्ता अनि
घुम्दा, भोजनकालमा पनि गरेँ हेपाइ साथी भनी।
एक्लैमा र समाजमा पनि जति जे दोष मैले गरेँ
त्यस्का निम्ति क्षमा मलाई दिनुहोस् हे नाथ ! पाउ परेँ।।३२।।
पितासि लोकस्य
चराचरस्य त्वमस्य पूज्यश्च गुरुर्गरीयान्।
न त्वत्समोऽत्स्यभ्यधिकः कुतोऽन्यो
लोकत्रयोऽप्यप्रतिमप्रभाव।।४३।।
स्थावर् जङ्गम लोक
पूज्य प्रभु हो सब्को हजुर् हो पिता
सर्वोत्तम् गुरु नाथ हो, जगतको शिक्षार्थ उद्यत् सदा।
कोही छैन तपाइँ नै सरि भने, उत्कृष्ट भेट्ने कहाँ ?
स्वामीकै अनुपम् प्रभाव यसरी व्यापक् छ त्रैलोक्यमा।।३३।।
तस्मात्प्रणम्य
प्रणिधाय कायं प्रसादये त्वामहमीशमीड्यम्।
पितेव पुत्रस्य सखेव सख्युः प्रियः प्रियायार्हसि देव सोढुम्।।४४।।
यस्ले स्तुत्य
तपाईँलाई म शरीर् भैमा पसारीकन
ढोग्छू, दण्डसरी भई प्रभु खुसी बन्नोस् लिनोस् बन्दन।
छोराका अपराध बाबुहरूले, औ मित्रका मित्रले
बिर्सेझैँ प्रिय हूँ भने भुलिदिनोस् मेरा त्रुटि नाथले।।३४।।
अदृष्टपूर्व हृषितोऽस्मि
दृष्ट्वा भयेन च प्रव्यथितं मनो मे।
तदेव मे दर्शय देव रूपं प्रसीद देवेश जगन्निवास।।४५।।
दर्शन् पाई अदृष्ट
पूर्वरूपको अत्यन्त हर्षित् म छु
यस् साथै मनमा अधिक् भय हुँदा व्याकुल् भएको म छु।
दर्शन् सौम्य स्वरूपको अब दिनोस्, यै बिन्ती गर्छू अब
हे देवेश, जगन्निवास ! भगवन् ! सामान्य बन्नोस् अब।।३५।।
(क्रमशः)