सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६५) - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६५)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

यच्चावहासार्थमसत्कृतोसि विहारशस्यासनभोजनेषु।
एको
थवाप्यच्युत तत्समक्षं तत्क्ष्यामये त्वामहमप्रमेयम्।।४२।।

मैले नाथ विनोदका समयमा, सुत्दा र बस्ता अनि
घुम्दा, भोजनकालमा पनि गरेँ हेपाइ साथी भनी।
एक्लैमा र समाजमा पनि जति जे दोष मैले गरेँ
त्यस्‌का निम्ति क्षमा मलाई दिनुहोस् हे नाथ ! पाउ परेँ।।३२।।

पितासि लोकस्य चराचरस्य त्वमस्य पूज्यश्च गुरुर्गरीयान्।
न त्वत्समो
त्स्यभ्यधिकः कुतोन्यो लोकत्रयोप्यप्रतिमप्रभाव।।४३।।

स्थावर् जङ्गम लोक पूज्य प्रभु हो सब्‌को हजुर् हो पिता
सर्वोत्तम् गुरु नाथ हो, जगतको शिक्षार्थ उद्यत् सदा।
कोही छैन तपाइँ नै सरि भने, उत्कृष्ट भेट्ने कहाँ ?
स्वामीकै अनुपम् प्रभाव यसरी व्यापक् छ त्रैलोक्यमा।।३३।।

तस्मात्प्रणम्य प्रणिधाय कायं प्रसादये त्वामहमीशमीड्यम्।
पितेव पुत्रस्य सखेव सख्युः प्रियः प्रियायार्हसि देव सोढुम्।।४४।।

यस्‌ले स्तुत्य तपाईँलाई म शरीर् भैमा पसारीकन
ढोग्छू, दण्डसरी भई प्रभु खुसी बन्नोस् लिनोस् बन्दन।
छोराका अपराध बाबुहरूले, औ मित्रका मित्रले
बिर्सेझैँ प्रिय हूँ भने भुलिदिनोस् मेरा त्रुटि नाथले।।३४।।

अदृष्टपूर्व हृषितोस्मि दृष्ट्वा भयेन च प्रव्यथितं मनो मे।
तदेव मे दर्शय देव रूपं प्रसीद देवेश जगन्निवास।।४५।।

दर्शन् पाई अदृष्ट पूर्वरूपको अत्यन्त हर्षित् म छु
यस् साथै मनमा अधिक् भय हुँदा व्याकुल् भएको म छु।
दर्शन् सौम्य स्वरूपको अब दिनोस्, यै बिन्ती गर्छू अब
हे देवेश, जगन्निवास ! भगवन् ! सामान्य बन्नोस् अब।।३५।।

(क्रमशः)