सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६४)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
त्वमादिदेवः पुरुषः
पुराणस्त्वमस्य विश्वस्य परं निधानम्।
वेत्तासि वेद्यं च परं च धाम त्वया ततं विश्वमनन्तरूप।।३८।।
हे स्वामी प्रभु हो
पुरातन पुरूष हो आदि देवै अनि
हो आधार स्वयं सबै जगतको ज्ञाता र ज्ञेयै पनि।
सारा विश्व स्वयं अनन्त रूपले ढाकी तपाईँ प्रभो-
बस्नु हुन्छ, यहाँ, तथापि प्रभुता साक्षात् परंधाम हो।।२९।।
वायुर्यमोऽग्निर्वरुणः
शशाङ्कः प्रजापतिस्त्वं प्रपितामहश्च।
नमो नमस्तेऽस्तु सहस्रकृत्वः पुनश्च भूयोऽपि
नमो नमस्ते।।३९।।
आगो, वायु, वरूण,
प्रजापति तथा ती चन्द्रमा औं यम
ब्रह्माकै पनि हो पिता हजुर नै यो जान्दछु आज म।
त्यस्ले कृष्ण हजार पल्ट निहुरी ढोग्छु हजुरलाई म
फेरी ढोग्दछु फेरि ढोग्छु निहुरी, मेरा लिनोस् बन्दन।।३०।।
नमः पुरस्तादथ
पृष्ठतस्ते नमोऽस्तु ते सर्वत एव सर्व।
अनन्तवीर्यामितविक्रमस्त्वंसर्वं समाप्नोषि ततोऽसि
सर्वः।।४०।।
बल औ विक्रम छन्
अनन्त र सबै नाशले ठूलो शक्ति छ
त्यस्ले सर्व कहिन्छ नाम प्रभुको कर्नुरूपै त छ।
साम्नेबाट पछाडिबाट कर यी जीडी शरण् पर्दछु
सबै हो प्रभु त्यस निमित्त म सबै तर्फै घुमी ढोग्दछु।।३१।।
सखेति मत्वा प्रसभं
यदुक्तं हे कृष्ण हे यादव हे सखेति।
अजानता महिमानं तवेदंमया प्रमादात्प्रणयेन वापि।।४१।।
प्रेमैले अथवा प्रमाद
वश भै ठानेर आफ्नू संगी
मैले कृष्ण, सखा र यादव भनी होच्याई बोलेँ कति।
यो सारा प्रभुको अगम्य महिमा केही नजान्दा भयो
माफी माग्नु सिवाय नाथ अहिले क्यै छैन भन्ने कुरो।।३२।।
(क्रमशः)