सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६२) - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६२)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

लेलिह्यसे ग्रसमानः समन्ताल्लोकान्समग्रान्वदनैर्ज्वलद्भि।
तेजोभिरापूर्य जगत्समग्रंभासस्तवोग्राः प्रतपन्ति विष्णो।।३०।।

जिब्रा हर्दम लपलपाई रहने दाह्रा किटेका अति
बल्दा मुख्‌हरूले समस्त भुवनै निल्ने छ ऐले स्थिति।
ढाकी आत्मप्रकाशले भुवनयो वश्‌मा बनाई अब
डर्‌लाग्दो प्रभुको छटा सब् जगत् पार्दै छ सन्तापित।।२१।।

आख्याहि मे को भवानुग्ररूपोनमोस्तु ते देववर प्रसीद।
विज्ञातुमिच्छामि भवन्तमाद्यंन हि प्रजानामि तव प्रवृत्तिम्।।३१।।

यस्तो उग्र तपाइँ को हुनुभयो भन्नोस् मलाई अब
हे देवेश छिटै प्रशन्न बनिनोस् मेरो नमस्कार छ।
राम्रो रित्‌सित जान्न पाउँ प्रभुको जुन् आदिरूप हो उही
थाहा छैन मलाई नाथ प्रभुका लीलाहरू छन् कति।।२२।।

श्रीभगवानुवाच
कालो
स्मि लोकक्षयकृत्प्रवृद्धोलोकान् समाहर्तुमिह प्रवृत्तः।
ऋते
पि त्वां न भविष्यन्ति सर्वे येवस्थिताः प्रत्यनीकेषु योधाः।।३२।।

भन्नुभो अनि कृष्णले जगतको संहारमा तत्पर
कालै हूँ अहिले बढेर बनिएँ संसार संहारक।
लड्ने जोश र वैरभाव लिई जो योद्धा खडा छन् यहाँ
मारेनौ तिमीले भने पनि सबै मर्छन् यसै युद्धमा।।२३।।

तस्मात्त्वमुत्तिष्ठ यशो लभस्व जित्वा शत्रून् भुङ्क्ष्व राज्यं समृद्धम्।
मयैवैते निहताः  पूर्वमेव निमित्तमात्रं भव सव्यसाचिन्।।३३।।

त्यस्ले लौ उठ पार्थ ! कष्ट नगरी सत्कीर्ति अर्जन गर
सारा शत्रु जितेर राज्य सुखको भोगी प्रतापी बन।
सारा वीरहरूको अघि भइसक्यो मैबाट तेजोबध
खालि एक निमित्त मात्र तिमीले बन्नेछ आवश्यक।।२४।।

(क्रमशः)