सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६०)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
द्यावापृथिव्योरिदमन्तरं
हि व्याप्तं त्वयैकेन दिशश्च सर्वाः।
दृष्ट्वाद्भुतं रूपमुग्रं तवेदंलोकत्रयं प्रव्यथितं महात्मन्।।२०।।
स्वामी एक तपाईँकै
शरीरले आकाश पृथ्वी सब
ढाकेको छ सबै दिशाहरू संगै अत्युग्र रूप्ले अब।
साह्रै उग्र तपाईँको स्वरूप यो देखी भयायुकल भई
तीनै लोक अत्तालिँदै छ म पनि डर्ले भएँ थर्हरि।।१३।।
अमी हि त्वां
सुरसङ्घा विशन्ति केचिद्भीताः प्राञ्जलयो गृणन्ति।
स्वस्तीत्युक्त्वा महर्षिसिद्धसङ्घाः स्तुवन्ति त्वां स्तुतिभिः पुष्कलाभिः।।२१।।
होमिन्छन् कति देवता
हजुरमै वाँधी कुनै अञ्जलि
डर्ले व्याकुल भै विषण्ण मनले गर्छन् स्तुति नाम ली।
मङ्गल् होस् भनि सिद्ध औ ऋषिहरू स्तोत्रादि नाना रची
गर्छन् कीर्तन नामधाम प्रभुका सम्झेर डर्दै अति।।१४।।
रुद्रादित्या वसवो ये
च साध्याविश्वेऽश्विनौ मरुतश्चोष्मपाश्च।
गन्धर्वयक्षासुरसिद्धसङ्घावीक्षन्ते त्वां विस्मिताश्चैव सर्वे।।२२।।
ती आदित्य र रूद्र
साध्य वसुले ती विश्वदेवले अनि
त्यस्तै पितृ र अश्विनी अनि मरूत् गन्धर्व गण्ले पनि।
हेर्दैछन् प्रभुलाई यक्षहरूले, ती सिद्धले, दैत्यले
सारा यी भयभीत छन् हजुरका यस् उग्र आकारले।।१५।।
रूपं महत्ते
बहुवक्त्रनेत्रंमहाबाहो बहुबाहुरूपादम्।
बहूदरं बहुद्रष्ट्राकरालंदृष्ट्वा लोकाः प्रव्यथितास्तथाहम्।।२३।।
धेरै हात र पाउनेत्र
मुखको उत्कट् हजुर्को रूप
दाह्राले अतिनै भयावह, अनेक् पेट्को अनौठो तह।
देख्नासाथ समस्त लोक डरले व्याकुल् छ यो जान्दछु
मेरै सामु यहाँ खडा स्वरूप यो देखी म झन् त्रस्त छु।।१६।।
(क्रमशः)