सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
न काङ्छे विजयं कृष्ण न च राज्यं सुकानि च
किं नो राज्येन गोविन्द किं भोडैजींवितेन वा।।३२।।
येषामर्थे काङ्क्षित् नो राज्यं भोगा: सुखानि च।
त इमेऽवस्थिता युद्धे प्राणांस्त्यक्त्वा धनानि च।।३३।।
जस्लाई सुखी पार्न हामीहरूले खोज्छौँ यी राज्यादिक
ती सब् प्राण धनादि त्यागी रणका उद्योगमा छन् अब।
के मत्लब् अब राज्यको र सुखको ? बाँचेर के अर्थ छ ?
भो चाहन्नँ म राज्य, राज्यसुखको इच्छा लिनु व्यर्थ छ।।२२।।
संकरो नरकायैव कुलघ्नानां कुलस्य च।
पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रिया।।४२।।
दोषैरेतै: कुलघ्नानां वर्णसंकरकारकै:।
उत्साद्यन्ते जातिधर्मा: कुरधर्माश्च शाश्वता:।।४३।।
आफ्ना कुल्सँग नै, कुलघ्नहरूको कुल्लाई सङ्कर्हरू
लान्छन् नर्क, नपाइ पिण्डजल क्यै झर्छन् ती पितृहरू।
यस्तो दोष हुँदा कुलघ्नहरूको, ती वर्णसङ्कर्हरू
मास्छन् सब् कुल-जाति-धर्म अघिका, बन्नेछ मानव् पशु।।२३।।
उत्सन्नकुलधर्माणां मनुष्यानां जनार्दन।
नरकेऽनियतं वासो भवतीत्यनुशुश्रुम।।४४।।
अहो बत महत्पापं कर्तुं व्यवसिता वयम्।
यद्राज्यसुखलोभेन हन्तुं स्वजनमुद्यता:।।४५।।
जस्का छन् कुलधर्म नष्ट तिनको हे कृष्ण ! वासस्थल
नर्कै हो भनि शास्त्र भन्दछ र यो सारा जगत् जान्दछ।
आफैँ लोभ गरेर राज्यसुखको आत्मीय मार्ने भई
कत्रो पाप गरौँ भनी सब जना उत्सुक् भएछौँ हरि।।२४।।
यदि मामप्रतीकारमशस्त्रं शस्त्रपाणय:।
धार्तराष्ट्रा रणे हन्युस्तन्मे क्षेमतरं भवेत्।।४६।।
संजय उवाज
एवमुक्त्वार्जुन: संख्ये रथोपस्थ उपाविशत्।
विसृज्य सशरं चापं शोकसंविग्नमानस:।।४७।।
बद्ला लिन्नँ भनेर हातहतियार् त्यागी बसेको म छु
दुर्योधन्हरूले यसै समयमा मारे भलो ठान्दछु।
भन्छन् सञ्जय कृष्णसाथ यी कुरा गर्दै दुःखाई मन
त्यागी गाण्डीव, बाण, झोक्रिई बसे रथ्भित्र गै अर्जुन।।२५।।
ॐ तत्सदिति श्रीमद्भागवद्गीतासुपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादेऽर्जुनविषादयोगो नाम प्रथमोऽध्याय।।१।।