सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-५९)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
अनेकबाहूदरवक्त्रनेत्रंपश्यामि
त्वां सर्वतोऽनन्तरूपम्।
नान्तं न मध्यं न पुनस्तवादिं पश्यामि विश्वेश्वर विश्वरूप।।१६।।
देख्तै छु म अनन्त
रूप प्रभुको व्याप्तै छ चारैतिर
आँखा हात र पेट मुखहरू सबै बेगिन्ति छन् अच्यूत।
यस्को देख्तिन आदि अन्त र तथा मध्यै पनि जान्दिन
हे विश्वेश्वर विश्वरूप म हजुर्बाहेक क्यै देख्तिन।।९।।
किरीटिनं गदिनं
चक्रिणं च तेजोराशिं सर्वतो दीप्तिमन्तम्।
पश्यामि त्वां दुर्निरीक्षं समन्ताद्दीप्तानलार्कद्युतिमप्रमेयम्।।१७।।
हातमा चक्र, गदा,
किरीट शिरमा छन् दिव्य जोतिर्मय
बल्दो अग्नि र सूर्यको सरि छटा देखिन्छ चारैतिर।
बल्दो ज्योति अगाडि पर्न अति नै मुश्किल भई अच्युत
टाढैबाट म विश्वरूप प्रभुको गर्दैछु दर्शन् अब।।१०।।
त्वमक्षरं परमं
वेदितव्यंत्वमस्य विश्वस्य परं निधानम्।
त्वमव्ययः शाश्वतधर्मगोप्ता सनातनस्त्वं पुरुषो मतो मे।।१८।।
स्वामी हो अविनाशी
वेद्य पनि हो हो विश्वको कारण
आफैँ शाश्वत धर्म रक्षक, तथा आफै सनातन् जन।
आफू नै अविकारी, निर्गुण जगत् स्रष्टा तथा पालक
हो सम्पूर्ण भनी म ठान्छु प्रभुको पाई दया वैभव।।११।।
अनादिमध्यान्तमनन्तवीर्यमनन्तबाहुं
शशिसूर्यनेत्रम्।
पश्यामि त्वां दीप्तहुताशवक्त्रंस्वतेजसा विश्वमिदं तपन्तम्।।१९।।
आदिमध्य र अन्त छैन
प्रभुका यस् रूपको वास्तव
बाहू वीर्य अनन्त छन्, रवि शशी छन् नेत्र रूप्ले स्थित।
बल्दो अग्नि समान मुख् हजुरको हेरी रहेको म छु
नाथ्का दिव्य प्रकाशले जगत नै दीपीत छ यो देख्तछु।।१२।।
(क्रमशः)