सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-५८)
![](https://himalpost.com/wp-content/uploads/2019/07/saralgeeta.jpg)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
सञ्जय उवाच
एवमुक्त्वा ततो राजन्महायोगेश्वरो हरिः।
दर्शयामास पार्थाय परमं रुपमैश्वरम्।।९।।
अनेकवक्त्रनयनमनेकाद्भुतदर्शनम्।
अनेक दिव्याभरणं दिव्यानेकोद्यतायुधम्।।१०।।
भन्छन् सञ्जय
प्रेमसाथ यी कुरा कौन्तेयलाई भनी
आफ्नू अद्भुत विश्वरूप हरिले देखाउनु भो त्यहीँ।
आँखा औ मुख छन् असंख्य उसका देख्दा अनौठा अति
नाना गर्-गहना र अद्भुत अनेक शस्त्रास्त्र हातै भरि।।५।।
दिव्यमाल्याम्बरधरं
दिव्यगन्धानुलेपनम्।
सर्वाश्चर्यमयं देवमनन्तं विश्वतोमुखम्।।११।।
दिवि सूर्यसहस्रस्य भवेद्युगपदुत्थिता।
यदि भाः सदृशी सा स्याद्भासस्तस्य महात्मनः।।१२।।
माला वस्त्र सुगन्धि
द्रव्य सब नै छन् दिव्य त्यस् देहमा
त्यस् भित्रै रहँदा चराचर जगत् अद्भुत छ त्यो हेर्नमा।
एकै पल्ट हजार सूर्य नभमा आइ जुटे जो द्युति।
पैदा हुन्छ त्यसै सरी चहकिला छन् विश्वरूपी हरि।।६।।
तत्रैकस्थं जगत्कृत्स्नं
प्रविभक्तमनेकथा।
अपश्यद्देवदेवस्य शरीरे पाण्डवस्तदा।।१३।।
ततः स विस्मयाविष्टो हृष्टरोमा धनञ्जयः।
प्रणम्य शिरसा देवं कृताञ्जलिरभाषत।।१४।।
अर्जुन्ले पनि
विश्वरूप हरिका तन्भित्र एकत्रित
नाना भागमहाँ विभाजित सबै संसारदेखे अब।
अर्जुनको जिउ नै सिरिङ्ग बनियो साथै भयो विस्मय।
जम्लाहात गरी नुही विनयले भन्छन् हुँदै गद्गद।।७।।
अर्जुन उवाच
पश्यामि देवांस्तव देव देहे सर्वांस्तथा भूतविशेषङ्घान्।
ब्रह्माणमीशं कमलासनस्थमृषींश्च सर्वानुरगांश्च दिव्यान्।।१५।।
देख्तै छु म तपाईँका
शरीरमा सब् देव हे ईश्वर
त्यस्तै जीव जगत् चराचर यहीँ देखिन्छ एकत्रित।
ब्रह्मा छन् शिव पार्वती र ऋषिगण सब् छन् यसै देहमा
नाना आकृतिका भुजङ्गहरू छन्, छन् दिव्य नागै यहाँ।।८।।
(क्रमशः)