सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-५१)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
समोऽहं
सर्वभूतेषु न मे द्वेषोऽस्ति न प्रियः।
ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाप्यहम्।।२९।।
अपि चेत्सुदुराचारो भजते मामनन्यभाक्।
साधुरेव स मन्तव्यः सम्यग्व्यवसितो हि सः।।३०।।
मेरो शत्रु कि मित्र
छैन भवमा प्राणी सबै एक छन्
भज्छन् जो जन भक्तिसाथ तिनमा मै छू, ती मैभित्र छन्।
मेरो पूजन गर्छ भक्त छ भने, होओस् दुराचार ऊ
गन्नैपर्दछ साधुमा किनभने जान्दै छ कर्तव्य ऊ।।१७।।
क्षिप्रं भवति धर्मात्मा
शश्वच्छान्तिं निगच्छति।
कौन्तेय प्रति जानीहि न मे भक्तः प्रणश्यति।।३१।।
मां हि पार्थ व्यपाश्रित्य येऽपि स्युः पापयोनयः।
स्त्रियो वैश्यास्तथा शूद्रास्तेऽपि यान्ति परां गतिम्।।३२।।
धर्मात्मा भईहाल्छ
त्यो अति छिटै शान्ति त्यही पाउँछ
मेरो भक्त तसर्थ पार्थ कहिल्यै नासिन्न यो सत्य छ।
मेरो आश्रय ली बसे जतिसुकै पापी भए तापनि
स्त्री वा वैश्य कि शूद्र नै किन नहुन् पुग्छन् परंपद् तिनी।।१८।।
किं पुनर्ब्राह्मणाः
पुण्या भक्ता राजर्षयस्तथा।
अनित्यमसुखं लोकमिमं प्राप्य भजस्व माम्।।३३।।
पुण्यात्मा द्विजवर्गका
विषयमा शङ्का नगर्दा भयो
राजर्षिहरूको र भक्तहरूको प्यारो यही मार्ग हो।
त्यस्ले दुर्लभ मर्त्यदेह तिमीले व्यर्थै नफाले अब
अत्यन्तै सुखहीन नश्वर छ यो ठानी मलाई भज।।१९।।
मन्मना भव मद्भक्तो
मद्याजी मां नस्कुरु।
मामेवैष्यसि युक्त्वैवमात्मानं मत्परायणः।।३४।।
मैमा नित्य लगाउ मन्
र नचुकी मैलाई भज्ने गर
मेरै पूजन भक्तिपूर्वक गरी साष्टाङ्ग वन्दन् गर।
यस्ता रीत्सित आफुलाई तिमीले योगी बनाईकन
आत्मालाई ममाथि केन्द्रित गरे मिल्छौ तिमी मैसँग।।२०।।
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे राजविद्याराजगुह्ययोगो नाम नवमोऽध्यायः।।९।।
(क्रमशः)