सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-५०) - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-५०)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

अनन्याश्चिन्तयन्तो मां ये जनाः पर्युपासते।
तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम्।।२२।।
ये
प्यन्यदेवता भक्ता यजन्ते श्रद्धयान्विताः।
ते
पि मामेव कौन्तेय यजन्त्यविधिपूर्वकम्।।२३।।

भज्छन् नित्य, अनन्य भावसँग जो मैलाई हे अर्जुन !
तीदेखि छु प्रसन्न, तत्पर म छु, तिन्‌लाई सिद्धि दिन।
जस्‌ले चैं अरू देवता अति ठूलो श्रद्धा लिई पुज्दछन्
तिन्‌ले नै पनि पो परोक्ष रूपमा मैलाई नै भज्दछन्।।१३।।

अहं हि सर्वयज्ञानां भोक्ता च प्रभुरेव च।
न तु मामभिजानन्ति तत्त्वेनातश्च्यवन्ति ते।।२४।।
यान्ति देवव्रता देवान्पितृन्यान्ति पितृव्रताः।
भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनो
पि माम्।।२५।।
पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति।
तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनः।।२६।।

भोक्ता हूँ अनि स्वीमी नै पनि म हूँ हे पार्थ ! सब् यज्ञको
यो जान्दैन र जन्म-मृत्यु भुँवरी, लोक् भोग्छ यो सत्य हो।
जस्‌ले भज्दछ देवता गण सखे ! त्यो देवता बन्दछ
गर्दा आदर भक्ति पितृहरूको पितृत्व नै मिल्दछ।।१४।।
भूतप्रेत गणादि पूजन गरे प्रेतत्त्व नै मिल्दछ
मेरो भक्ति गरे मनुष्य सहजै मैमा पुगी मिल्दछ।
जस्‌ले जल्, फल, पत्र, पुष्पहरू क्यै अर्पिन्छ श्रद्धासँग
लिन्छू पार्थ ! म त्यो प्रसन्न बनिई प्रेम्‌ले हुँदै गद्‌गद।।१५।।

यत्करोषि यदश्नासि यज्जुहोषि ददासि यत्।
यत्तपस्यसि कौन्तेय तत्कुरुष्व मदर्पणम्।।२७।।
शुभाशुभफलैरेवं मोक्ष्यसे कर्मबन्धनैः।
संन्यासयोगयुक्तात्मा विमुक्तो मामुपैष्यसि।।२८।।

जो गर्छौ तप, यज्ञ, भोजन तथा दानादि जस्ता क्रिया
ती सम्पूर्ण मलाई अर्पण गरी गर्ने गरे सर्वदा।
छुट्नेछन् सब कर्मबन्धन त्यसै हे पार्थ् ! यस्तो गरे
सन्न्यासी भई योगयुक्त सजिलै मिल्छौ ममा नै भरे।।१६।।

(क्रमशः)