सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४७) - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४७)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

अथ नवमोध्यायः

श्रीभगवानुवाच
इदं तु ते गुह्यतमं प्रवक्ष्याम्यनसूयवे।
ज्ञानं विज्ञासहितं यज्ज्ञात्वा मोक्ष्यसे
शुभात्।।१।।
राजविद्या राजगुह्यं पवित्रमिदमुत्तमम्।
प्रत्यक्षावगमं धर्म्यं सुसुखं कर्तुमव्ययम्।।२।।

आज्ञा भो अनि कृष्णबाट सुन हे अर्जुन् ! म भन्छु अब
तत्त्वज्ञान रहस्ययुक्त छ यही जाने अशुभ् हट्तछ।
विद्यामा अनि गोप्य ज्ञानहरूमा उत्तम् यही ज्ञान हो
यो अत्यन्त् पवित्र, अव्यय छ यो सुख्, धर्मदायी छ यो।।१।।

अश्रधानाः पुरुषा धर्मस्यास्य परंतप।
अप्राप्यं मां निवर्तन्ते मृत्युसंसारवर्त्मनि।।३।।
मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना।
मत्स्थानि सर्वभूतानि न चाहं तेष्ववस्थितः।।४।।

प्रत्यक्षै फलदायी यो छ यसमा श्रद्धा नराख्‍ने जन
जो छन् पार्थ ! अवश्य पर्छ उसले संसारमा भुङ्ग्रिन।
मैले ढाकीरहेछु यो सब भुवन् अव्यक्त रूप्‌ले बुझ
मैमा जीवजगत् छ, छैन तिनमा मेरो स्थिति वास्तव।।२।।

न च मत्स्थानि भूतानि पश्य मे योगमैश्वरम्।
भूतभृन्न च भूतस्थो ममात्मा भूतभावनः।।५।।
यथाकाशस्थितो नित्यं वायुः सर्वत्रगो महान्
तथा सर्वाणि भूतानि मत्स्थानीत्युपधारय।।६।।

धारण्, पोषण्, सृष्टि गर्छु सबको, छैनन् ममा ती तर
कस्तो शक्ति ममा रहेछ त बुझ्यौ आत्मा म हूँ शाश्वत।
जस्तो वायु सबैतिरै छ र पनि आकाशमा नित्य छ
त्यस्तै जीवजगत् अलग् छ र पनि मैमा भएको बुझ।।३।।

सर्वभूतानि कौन्तेय प्रकृतिं यान्ति मामिकाम्।
कल्पक्षये पुनस्तानि कल्पादौ विसृजाम्यहम्।।७।।
प्रकृतिं स्वामवष्टभ्य विसृजामि पुनः पुनः।
भूतग्राममिमं कृत्स्‍नवशं प्रकृतिर्वशात्।।८।।

मिल्छन् जीवजगत् सबै प्रकृतिमा हे पार्थ ! कल्पान्तमा
फेरी गर्छु म सृष्टि यै प्रकृतिले तिन्‌लाई कल्पादिमा।
बारम्बार म सृष्टि गर्छु प्रकृतिद्वारा यी प्राणी सब
प्राणीलोक स्वभावकै वश भई जन्मन्छ औ मर्दछ।।४।।

(क्रमशः)