सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४३)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
अथाष्टमोऽध्यायः
अर्जुन उवाच
किं तद्ब्रह्म किमध्यात्मं किं कर्म पुरुषोत्तम
अधिभूतं च किं प्रोक्तमधिदैवं किमुच्यते।।१।।
अधियज्ञः कथं कोऽत्र देहेऽस्मिन्मधुसूदन।
प्रयाणकाले च कथं ज्ञेयोऽसिनियतात्मभिः।।२।।
सोध्छन् अर्जुन
ब्रह्म, कर्म, अनि त्यो अध्यात्म के हो अनि
के हो त्यो अधिदैव कृष्ण ! अधिभूत् केलाई भन्छन् भनी।
के हो त्यो अधियज्ञ औ कसरी त्यो यस् देहमा बस्तछ ?
योगीले प्रभुलाई मृत्युमुखमा कस्तो गरी भेट्तछ ?।।१।।
श्रीभगवानुवाच
अक्षरं ब्रह्म परमं स्वभावोऽध्यात्ममुच्यते।
भूतभावोद्भवकरो विसर्गः कर्मसंज्ञितः।।३।।
आज्ञा भो अनि कृष्णबाट
कहिल्यै जो नष्ट बन्दैन, त्यो
ईश्वर् ब्रह्म कहिन्छ, जीव छ सखे ! अध्यात्म यस् नामको।
उब्जन्छन् सब भाव प्राणीहरूमा जस्बाट, त्यो कर्म हो
यस्को शास्त्रमहाँ विधान छ तथा यज्ञादि नै कर्म हो ।।२।।
अधिभूतं क्षरो भावः
पुरुषश्चाधिदैवतम्।
अधियज्ञोऽहमेवात्र देहे देहभृतां वर।।४।।
अन्तकाले च मामेव स्मरन्मुक्त्वा कलेवरम्।
यः प्रयाति स मद्भावं याति नास्त्यत्र संशयः।।५।।
ब्रह्मै हो अधिदैव,
नश्वर छ जो त्यो नै अधिभूत हो
मै हूँ त्यो अधियज्ञ जो शरीरमा बस्छु सबै जीवको।
मैमा मन् दिइ मृत्युका समयमा जस्ले शरीर् छाड्दछ
त्यो मैमा पुगि मिल्छ, यस् विषयमा छैनन् कुनै संशय।।३।।
यं यं वापि
स्मरन्भावं त्यजत्यन्ते कलेवरम्।
तं तमेवैति कौन्तेय सदा तद्भावभावितः।।६।।
तस्मात्सर्वेषु कालेषु मामनुस्मर युध्य च।
मय्यर्पितमनोबुद्धिर्मामेवैष्यस्यसंशयम्।।७।।
जस्ले जे मनमा लिई
मरणका बेला शरीर् छोड्दछ
अर्को जन्ममहाँ बनिन्छ उसको त्यै रूप निःसंशय।
त्यस्ले पार्थ ! सधैँ मलाई मनले सम्झी लडाइँ गर
मैमा बुद्धि र मन् समर्पित गरे मिल्छौ ममा निश्चय।।४।।
(क्रमशः)