सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-३५)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
नात्यश्नतस्तु योगोऽस्ति न चैकान्तमनश्नतः।
न चाति स्वप्शीलस्य जाग्रतो नैव चार्जुन।।१६।।
युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु।
युक्तस्वप्नावबोधस्य योगो भवति दुःखहा।।१७।।
धेरै खानु, नखानु, सुत्नु अथवा सुत्तै नसुत्नुसँग
नाता छैन अलिकति पनि कुनै यस् योगको यो बुझ।
खानु, बस्नु र काम गर्नु अथवा सुत्नु र उठ्नुतक
जस्ले संयमसाथ गर्छ उसका दुःख् योगले हर्दछ।।९।।
यदा विनियतं चित्तमात्मन्येवावतिष्ठते।
निःस्पृहः सर्वकामेभ्यो युक्त इत्यच्यते तदा।।१८।।
यथा दीपो निवातस्थो नेङ्गते सोपमा स्मृता।
योगिनो यतचित्तस्य युञ्जतो योगमात्मनः।।१९।।
जस्को मन् वशमा रही स्थिर भई आत्मामहाँ
बस्तछ
त्यस् बेला सब कामनाहरू हटी योगी त्यही बन्दछ।
जस्तो दीप बलीरहन्छ नचली हावा नचल्दामहाँ
त्यस्तै चित्त अडिन्छ निश्चल भई, वश्मा भए, ब्रह्ममा।।१०।।
यत्रोपरमते चित्तं निरुद्धं योगसेवया।
यत्र चैवात्मनात्मानं पश्यन्नात्मनि तुष्यति।।२०।।
सुखमात्यन्तिकं यत्तद्बुद्धिग्राह्यमतीन्द्रियम्।
वेत्ति यत्र न चैवायं स्थितश्चलति तत्त्वतः।।२१।।
योगाभ्यास निरुद्ध चित्त रहँदा भोगादिदेखी पर
आफैँमा भई आत्मदर्शन, स्वयम् सन्तुष्ट ऊ बन्दछ।
जुन् आनन्द छ इन्द्रियादि पर औ जो ज्ञानले गम्य छ
उस्ले भेट्छ त्यही, पुगेपछि वहाँ, हट्तैन फेरी पर।।११।।
यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः।
यस्मिन्स्थितो न दुःखेन गुरुणापि विचाल्यते।।२२।।
तं विद्यात् दुःखसंयोगवियोगं योग संज्ञितम्।
स निश्चयेन योक्तव्यो योगोऽनिर्विण्णचेतसा।।२३।।
जुन् पाएपछि प्राप्य वस्तुहरूको नाघिन्छ
सीमा सखे !
त्यस्ता ठाउँमहाँ पुगेपछि कुनै डग्दैन दुःखादिले।
त्यस्को नाम छ योग त्यो छ दुःखको संसारभन्दा पर
त्यसलाई लिनुपर्छ धैर्य मनमा राखेर निष्ठासँग।।१२।।
(क्रमशः)