सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-३०) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-३०)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

योगयुक्तो विशुद्धात्मा विजितात्मा जितेन्द्रियः।
सर्वभूतात्मभूतात्मा कुर्वन्नपि न लिप्यते।।७।।
नैव किंचित्करोमीति युक्तो मन्येत तत्त्ववित्।
पश्यञ्शृण्वन्स्पृशञ्जिघ्रन्नश्नन्गच्छन्स्वपञ्श्वसन्।।८।।

आत्मा शुद्ध छ, कर्ममै रत छ औ वश् छन् सबै इन्द्रिय
आफैँमा सब जीव देख्तछ भने बाँधिन्न त्यो निश्चय।
देख्‍नु, सुन्नु र सुँघ्‍नु, सास लिनु औ छुनु र खानु अनि
हिँड्नु, बोल्नु, र छाड्नु, पक्रनु तथा हेर्नु र सुत्‍नु पनि।।५।।

प्रलपन्विसृजन्गृह्णन्नुन्मिषन्निमषन्नपि।
इन्द्रियाणीन्द्रियार्थेषु वर्तन्त इति धारयन्।।९।।
ब्रह्मण्याधाय कर्माणि सङ्गं त्यक्त्वा करोति यः।
लिप्यते न स पापेन पद्मपत्रमिवाम्भसा।।१०।।

बक्नु आदि असङ्ख्य कर्म कति छन्, के नाम मैले लिनु
गर्छन् इन्द्रियले म गर्दिनँ भनी तत्त्वज्ञले सम्झिनु।
ब्रह्मार्पण् गरी काम गर्छ जसले केही फलाशा नली
पाप्‌देखि छ अलग्ग त्यो कमल दल् जल्‌ले नभीजेसरी।।६।।

कायेन मनसा बुद्ध्या केवलैरिन्द्रियैरपि।
योगिनः कर्म कुर्वन्ति सङ्गं त्यक्त्वात्मशुद्धये।।११।।
युक्तः कर्मफलं त्यक्त्वा शान्तिमाप्‍नोति नैष्ठिकीम्।
अयुक्तः कामकारेण फले सक्तो निबध्यते।।१२।।

फल्‌को आश नराखी, इन्द्रिय तथा तन्, मन्, वचन्, बुद्धिले
आत्मा शुद्धि निमित्त योगीहरूले सब् कर्म गर्छन् सखे।
उस्‌ले पाउँछ आत्मशान्ति सजिलै, जो कर्मफल् छाड्दछ
जो आसक्त रहन्छ कर्मफलमा बाँधिन्छ त्यो निश्चय।।७।।

सर्वकर्माणि मनसा संन्यस्यास्ते सुखं वसी
नवद्वारे पुरे देही नैव कुर्वन्न कारयन्।।१३।।
न कर्तृत्वं न कर्माणि लोकस्य सृजति प्रभुः।
न कर्मफलसंयोगं स्वभावस्तु प्रवर्तते।।१४।।

त्यागी कर्म समस्त इन्द्रियजयी त्यो साङ्ख्ययोगी अब
नौ ढोके घरभित्र केही नगरी आनन्दले बस्तछ।
ईश्वर्‌ले सुन कर्मसाथ फलको संयोग वा कर्तृता
लोक्‌का निम्ति रचेन किन्तु यी स्वयम् आए सँगै जन्मँदा।।८।।

(क्रमशः)