सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

धृष्टकेतुश्चेकितान: काशिराजश्च वीर्यवान्।
पुरुजित्कुन्तिभोजश्च शैब्यश्च नरपुङ्गव: ।।५।।
युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान्।
सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथा।।६।।

देखिन्छन् त्यहीं चेकितान, बलिया काशीपति छन् त्यहीं
छन् त्यस्‌मै पुरुजित्, महामहिम ती राजा शिवि नै पनि।
देखिन्छन् अनि कुन्तिभोज र युधामन्युसमेतै त्यहीं
नामी त्यो अभिमन्यु वीर छ त्यहीं छन् उत्तमौजा पनि।।५।।

अस्माकं तु विशिष्टा ये तान्निबोध द्विजोत्तम।
नायका म सैन्यस्य संज्ञार्थ तान्ब्रवीमिते।।७।।

पाँचै द्रौपदी-पुत्र छन् त्यहीँ, सबै हुन् ख्यातनामा रथी
पाण्डव् पक्षमहाँ यिनै पुरुष हुन् नामी र शूरा अति।
हाम्रा पक्षमहाँ विशिष्ट गरिने जो हुन् तिनैको अब
लिन्छु नाम यहा गुरो ! बुझिलिनोस् सेनापति हुन् सब।।६।।

भवान्भीष्मश्च कर्णश्च कृपश्च समितिंजय: ।
अश्वत्थामा विकर्णश्च सौमदत्तिस्तथैव च।।८।।

आफू नै हुनुहुन्छ, भीष्म पनि छन्, छन् कर्ण औ ती कृप
जस्‌को बानी छ युद्ध जित्नु तिनी छन्, छोरा हजुर्‌कासित।
हाम्रा सैन्यमहाँ विकर्ण पनि छन्, भूरिश्रवा छन् यहीं
हाम्रो यो स्थिति देखिइन्छ यी सबै सेनापति हुन् पनि।।७।।

अन्ये च बहव: शूरा मदर्थे त्यक्तजीविता:
नानाशस्त्रप्रहरणा: सर्वे युद्धविशारदा:।।९।।

यीबाहेक असङ्ख्य वीर अरु छन्, हाम्रा यही सैन्यमा
मेरा निम्ति लडेर ज्यान दिन जो सौभाग्य ठान्छन् यहाँ।
नाना शस्त्रप्रयोगमा निपुणता आर्जन् गरेका कति
कोही युद्धकला विशारद भई निश्चिन्त छन् त्यस्‌प्रति।।८।।

(क्रमश:)