सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-१४)
अर्जुन उवाच
स्थितप्रज्ञस्य का भाषा समाधिस्थस्य केशव।
स्थितधीः कि प्रभाषेत किमासीत व्रजेतकिम्।।५४।।
श्रीभगवानुवाच
प्रजहाति यदा कामान्सर्वान्पार्थ मनोगतान्।
आत्मन्येवात्मना तुष्टः स्थितप्रज्ञस्तदोच्यते।।५५।।
सोध्छन् अर्जुन त्यस् समाधितरिको के हुन्छ लक्षण् अब
भन्नोस् बोल्दछ, बस्छ, हिँड्छ कसरी, के गर्छ त्यो केशव !
आज्ञा भो अनि कृष्णबाट सब चीज् त्यागेर आत्मैमहाँ
नित्यै तुष्ट रहन्छ जो स्थिरमति मानिन्छ त्यै लोकमा।।३०।।
खेष्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः
वीतरागभयक्रोधः स्थितधीर्मुनिरुच्यते।।५६।।
यः सर्वत्रानिभिस्नेहस्तत्तत्प्राप्य शुभाशुभम्।
नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता ।।५७।।
दुःख्मा जो विचलित् हुँदैन, सुखको गर्दैन नै चाहना
राग्, द्वेष, भयादि मुक्त छ भने स्थिर् बुद्धि त्यै हो यहाँ।
आसक्ति कहीँ छैन, हित् अहितको भेद् छैन कत्ति पनि
प्रेम, द्वेष, कतै लिँदैन त भने स्थिर् व्यक्ति त्यै हो त नि।।३१।।
यदा संहरते चायं कुर्मोऽङ्गानीव सर्वशः
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता।।५८।।
विषया विनिवर्तन्ते निराहारस्य देहिनः ।
रसवजं रसोऽप्यस्य परं दृष्ट्वा निवर्तते।।५९।।
कच्छप्ले निज अङ्गझैँ गरि सबै भोग्बाट सब् इन्द्रिय
जैले सक्छ समेट्न, साधक बनीहाल्नेछ स्थिर् बुद्धि त ।
भोका मानिसलाई सब् विषयले छोड्छन्, रह्यो बासना
त्यो ता छुट्तछ, हुन्छ जुन् समयमा चिद्ब्रह्मको दर्शन।।३२।।
यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चितः।
इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मनः।।६०।।
तानि सर्वाणि संयम्य युक्त आसीत मत्परः।
वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता।।६१।।
विद्वान् मानिस यत्न गर्छ र पनि हे पार्थ ! यी इन्द्रिय
मन्लाई बलले हरण् गरि लगी पार्छन् बडो अस्थिर।
त्यस्ले यी सबलाई निग्रह गरी, मैलाई सम्झन्छ जो
जसका छन् वशवर्ती इन्द्रियहरू त्यो नै स्थितप्रज्ञ हो।।३३।।
(क्रमशः)