प्रकाश सपुतलाई डिप्रेसन भएको आफैले गरे खुलासा - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

प्रकाश सपुतलाई डिप्रेसन भएको आफैले गरे खुलासा



काठमाडौं- गायक प्रकाश सपूतले आफू डिप्रेसनमा पुगेको खुलाएका छन् । उनले एउटा प्रतियोगिताकै कारण आफू डिप्रेसनमा पुगेको बताएका छन् ।

नमीठो पाठ एक लोकदोहोरी प्रतियोगिताले सिकाएको छ। प्लस टु सकेर म एक निजी कार्यालयमा कार्यरत थिएँ।

सोही समयमा एक लोकदोहोरी प्रतियोगितामा भाग लिएँ र अन्तिम प्रतिस्पर्धामा पुगें। त्यो प्रतियोगिता आफैंले जित्छु भन्ने लागेको थियो।

पुरस्कारको राशि पनि एक लाख रुपैयाँभन्दा बढी थियो।

त्यस रकमबाट घरव्यवहार टार्छु भन्ने कल्पनासमेत गरिसकेको थिएँ। तर मैले उपाधि हात पार्न सकिनँ।

आजको नयाँ पत्रिकामा आफ्नो अनुभव ‘सेयर’ गर्दै गायक प्रकाश सपुत अगाडि भन्छन् : लोकदोहोरी जित्ने आशाले घरको कमजोर आर्थिक अवस्थाका बाबजुद जागिर पनि छाडें। परिवारबाट विदेश जान दाबाब आयो।

प्रतियोगिता जितेको भए संगीत क्षेत्रमा राम्रो छवि बन्ने आशामा थिएँ। जित्न नसक्दा डिप्रेसनमा पुगें। त्यस्तो अवस्था लामो समय रह्यो। त्यस घटनाले अत्यधिक आशा पनि घातक हुँदोरहेछ भन्ने पाठ सिकायो।