सप्त श्री माध्यमिक बिद्यालयको १० औं बार्षिक उत्सव सम्पन्न(फोटो फिचर) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सप्त श्री माध्यमिक बिद्यालयको १० औं बार्षिक उत्सव सम्पन्न(फोटो फिचर)



विशाल पाण्डेय / सुखड ,कैलाली।।

कैलालीको घोडाघोडी नगरपालिका १- मा रहेको श्री सप्त श्री माध्यमिक बिद्यालयको १० औं बार्षिक उत्सव तथा अबिभावक दिवस विभिन्न  साँस्कृतिक कार्यक्रमका बिच आइतबार सम्पन्न भएको छ ।

बिद्यालयकि प्रबन्धक निर्देशक शुसिला थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि  नगर प्रमुख ममता प्रसाद चौधरि रहनु भएको थियो । प्रमुख अथितीको आसन बाट बोल्दै नगर प्रमुख चौधरीले ,” नगरको सम्पुर्ण शिक्षा प्रणाली अब स्थानिय सरकारको मातहतमा आईसकेकोले नगरका सामुदायिक र संस्थागत विद्यालयहरुको आफुहरुले अनुगमन गरिरकेकोले केही सामुदायिक बिद्यालयको खस्किदो अबस्था र संस्थागत बिद्यालयको मनोमानी शुल्क र कर्मचारी माथिको श्रम शोषण अबस्था चिन्ताजनक भएको बताउनु भयो ।

त्यस्तै  उहाँले नगरभित्रका कतिपय संस्थागत विद्यालयहरु  कुखुरा फारम जस्ता भएकोले उनिहरुले राम्रा संस्थागत बिद्यालयको इज्जतमाथी नै अफ्ठेरो पारिरहेकोले  अब संस्थागत बिद्यालयले अबिभावकलाई दुख दिई कमाईखाने संस्था चलाउन सान्दर्भिक नभएको पनि बताउनु भयो ।

कार्यक्रममा विद्यार्थीहरुले “परिवर्तन ” शिर्षकमा नाटक तथा अन्य  साँस्कृतिक कार्यक्रम  गर्नुका साथै बर्ष भरिमा विद्यालयमा  सन्चालन भएका अतरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद वा अन्य कार्यमा प्रथम , दृतिय  र तृतीय  बिद्यार्थिलाई पुरस्कृत समेत गरिएको थियो ।

बिद्यालय निरिक्षक उमेश राज रेग्मी, स्रोत ब्यक्ती राजकिशोर लाल कर्ण, वडा नं १ का वडा अध्यक्ष मन राज शाही, वडा नं ४ का वडा अध्यक्ष टेक बुढा , वडा नं ८ का वडा अध्यक्ष भिम बोगटि , पत्रकारहरु लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

कक्षा ८ कि छात्रा सुरभि ढकालको स्वागत मन्तव्य सङ्गै सुरुभएको कार्यक्रममा विभिन्न विद्यालय तथा काम्पसका शिक्षक , स्थानीय वासिन्दा , अभिभावक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन कृष्ण पौडेलले गर्नु भएको थियो ।