शन्तोषको अशन्तोषलाई किनारा लगाउदै "यो गाँउकी ठुली (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

शन्तोषको अशन्तोषलाई किनारा लगाउदै “यो गाँउकी ठुली (भिडियो सहित)



देवेन्द्र केसी – नयाँ दिल्ली ,

त्यसो त मोफसलको “सब सिटी” मानिने तानसेनका लोकप्रिय छाँयाकार तथा पत्रकार सन्तोष बस्याल औलामा गन्न सकिने सफल ,सेलिब्रेटी पत्रकारको कित्तामा पर्छन । उनले खिचेका दर्जनौ लोक दोहोरी गितिसँग्रह ,आधुनिक एल्बम ,फिचर तथा रिजनल मुभी र सर्ट मुभीहरू हिट  भईरहदा उनी फेरी नयाँ पाटोमा आफ्नो कला चातुर्यता देखाएका छन् र त्यो पाटो हो गीतको शब्द तथा लय सङ्गलनको ।

त्यसो त सरसर्ती हेर्दा पत्रकार बस्यालको लय तथा सङ्गीत को सौख पनि पुरानो हो तर व्यावसायिक रूपमा भने आफ्नै लगानीमा निर्मित लोक पप एल्बम “म त यो गाँउकी ठुली ” मार्फत बजारमा आएका छन् । जे चिजमा हात हालेपनि सफल भएर निस्किएका सन्तोषको यसपालिको असन्तोषलाई भने “यो गाँउकी ठुली” अर्थात् मोडेल मन्दिरा  रानाले किनारा लगाएकी छिन । पाल्पाली गायिका मिनु गैह्रे ले स्वर भरेको एल्बम को शब्द तथा लय पत्रकार सन्तोष बस्याल को रहेको छ । “कानै मा मेरो नौरंगी ढुड्ग्री ,हेर मेरो नाकैमा फुली ,उफ्री उफ्री हिंड्छु मत यहाँ वहाँ …..हो म त यो गाँउकी ठुली …” गीतमा मन्दिराको जवानीलाई कुटिल ढड्गले पर्दामा उतारेका छन् छाँयाकार विजय पोख्रेलले ।

कमल गाहाको निर्देशन रहेको एल्बममा साईनिङ्ग स्टार डान्स एकेडेमीका कोरस डान्सरले मन्दिरालाई साथ दिएका छन् । युनिक मुभिजले प्रोडक्सन गरेको एल्बम लाई हाईलाईट नेपाल प्रा लिईले बजारमा ल्याएको छ । “फरक किसिमको सुरुवात गरेको छु ।टिन एज उमेरका केटी हरुको चंचलतालाई पर्दामा उतार्ने कोसिस गरेको छु । दर्शकहरु माया र आशीर्वाद पाएको छु र पाईरहुँ “सन्तोष बस्यालले भने ।युट्युवमा रिलिज हुने बितिक्कै आधा लाख भन्दा बढी दर्शकहरूले हेरिसकेको सो एल्बमले सुपर व्यापार गर्ने अनुमान नेपाली सङ्गीत ईन्ड्सट्रीका सङ्गीत पंडितहरुले गरेका छन् । हरेक क्षेत्रमा आफ्नो प्रभाव छोडेका बहु प्रतिभाका धनी र फेसबुक अकाउण्टमा “सेटिस्फेक्सन रिट्न्स” नामले विश्व भरीका नेपाली माझ परिचित  सन्तोष बस्यालको लय तथा शब्दले नेपाली सङ्गीत बजारमा तहल्का मच्चाउन सफल होस शुभकामना हाम्रो पनि !